प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w93 १/१ पृ. ३२
  • “आकाशमा विश्‍वासी गवाही”

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • “आकाशमा विश्‍वासी गवाही”
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९३
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९३
w93 १/१ पृ. ३२

“आकाशमा विश्‍वासी गवाही”

पृथ्वीमा प्रथम मानिस हिंड्‌न भन्दा धेरै नै अघि देखि, राती आकाशमा चन्द्रमाले आफ्नो उज्यालो ज्योति चम्काउँदै आएको छ। कुनै समयमा धेरैले त्यसलाई देवीको रूपमा पूज्ने गर्थे। युनानी लेखक प्लुटार्कको भनाइ अनुसार मृत्यु पछि शुद्ध आत्माहरूको अन्तिम गन्तव्यस्थान नै चन्द्रमा थियो। बाल्टिक पौराणिक कथाहरूमा भने चन्द्रमा एउटा पुरुष अर्थात्‌ सूर्यको पति थियो। तिनीहरू बीचको वैवाहिक झगडाको कारण, चन्द्रमा आफ्नी पत्नीबाट भागेर गएकोले आकाशमा चन्द्रमा सूर्यसित कहिलेकाहिं मात्र देखा पर्ने गर्दछ!

आज, जवान र वृद्ध—दुवै उमेरका प्रेमी-प्रेमिकाहरूले—माथि चन्द्रमालाई हेर्दै प्रेमपूर्ण विचारहरू सोच्दछन्‌। सन्‌ १९६०-को दशकमा विज्ञानवेत्ताहरूले बेपत्ता पैसा खर्च गर्दै मानिसलाई चन्द्रमामा पठाए र अनुसन्धानका लागि त्यहाँबाट एक दुइ टुक्रा ढुङ्‌गा झिकाए। तर चन्द्रमाबारे एउटा कुरा चाहिं निश्‍चित छ। प्रत्येक दिन, ठीक समयमा त्यो उदय हुन्छ र अस्ताउछ। त्यसका लागि नियुक्‍त गरिएको परिक्रमा पूरा गर्नमा त्यो यति भरपर्दो छ कि हजारौं वर्षअघिका चन्द्र-कला र चन्द्रग्रहणहरूको हिसाब पनि हामीले गर्न सक्छौं।

इस्राएलीहरूले चन्द्रमालाई हेर्दा, तिनीहरूलाई एउटा अद्‌भुत कुराको सम्झना हुँद थियो। परमेश्‍वरले प्रतिज्ञा गर्नु भएको थियो कि राजा दाऊदको शाही वंशको अन्त कहिले हुने छैन। उहाँले यसो भन्‍नु भएको थियो: “त्यो [दाऊदको सन्तान] चन्द्रमाझैं सदाको निम्ति, र आकाशमा विश्‍वासी गवाहीझैं स्थिर रहनेछ।” (भजनसंग्रह ८९:३५-३७) “दाऊदको पुत्र” येशूमा त्यो प्रतिज्ञा पूरा भयो। (लूका १८:३८) येशूको मृत्यु पछि उहाँ अमरत्व प्राप्त आत्माको रूपमा बिउँतनु भयो र उहाँको स्वर्गारोहण भयो। (प्रेरित २:३४-३६) समयमा, उहाँलाई परमेश्‍वरको स्वर्गीय राज्यको राजा बनाइयो। (प्रकाश १२:१०) त्यो राज्यले अहिले शासन गर्दैछ र त्यो “सदा सर्वदै रही रहनेछ।” (दानियल २:४४) यसै प्रकार, चन्द्रमा अर्थात्‌ “आकाशमा विश्‍वासी गवाही झैं” दाऊदको शाही वंशको अमर प्रतिनिधि, येशू पनि रही रहनु हुने छ।

अतः जति पटक तपाईंले राती आकाशमा चन्द्रमालाई चम्कीरहेको देख्नु हुन्छ, परमेश्‍वरले दाऊदसित गर्नु भएको प्रतिज्ञा सम्झनु होस्‌। साथै, त्यही परमेश्‍वरको राज्यले हाल शासन गरिरहेको छ र त्यसले परमेश्‍वरको महिमा र विश्‍वासी मानिसजातिको अनन्तकालीन आशिषका निम्ति सदासर्वदै राज्य गर्ने छ भनेर धन्यवाद चढाउनु होस्‌।—प्रकाश ११:१५. (w93 1/1)

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने