प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w93 ९/१ पृ. ३२
  • फटेङग्राहरू जस्तै

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • फटेङग्राहरू जस्तै
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९३
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९३
w93 ९/१ पृ. ३२

फटेङग्राहरू जस्तै

कहिलेकाहीं गरम महिनामा कुनै चौरमा डुल्नु हुँदा के तपाईंले आफ्नो पाइलैपछि अनगन्ती फटेङग्राहरू यताउता उफ्रेको देख्नु भएको छ? जताततै फटेङग्रै फटेङग्रा उफ्रेको जस्तो लागि तापनि तपाईंले तिनीहरूलाई विशेष ध्यान दिनु भएन होला। आखिर तिनीहरू ठहरे अहानिकारक र महत्त्वहीन फटेङग्राहरू।

तर फटेङग्राहरूको यो महत्त्वहीनताले गर्दा नै तिनीहरू मानिसजातिको एउटा सुहाउँदो प्रतीक हुन सकेका छन्‌। केही प्रतिष्ठावान मानिसहरूले आफूलाई ठूलो महत्त्व दिए तापनि हाम्रो सृष्टिकर्त्ताको दृष्टिकोण बेग्लै छ। उहाँका अगमवक्‍ता यशैयाले यसो भने: “उहाँ पृथ्वीभन्दा उच्चमा विराजमान हुनुहुन्छ र पृथ्वीका बासिन्दाहरू चाहिं फटेङग्राजस्तै छन्‌।”—यशैया ४०:२२.

यहोवा परमेश्‍वर आफ्नो भव्यता, शक्‍ति र बुद्धिले गर्दा जाबो मान्छेहरूभन्दा अति नै उच्च हुनुहुन्छ, जस्तो कि मान्छेको बुद्धि र शक्‍तिले गर्दा ऊ पनि फटेङग्राहरूभन्दा धेरै नै उच्च छ। तथापि परमेश्‍वरको सबैभन्दा विशिष्ट गुण प्रेम हो। र हामीले उहाँलाई प्रेम गऱ्‍यौं, उहाँप्रति अज्ञाकारी भयौं भने, हाम्रो हेरविचार गर्न, हामीलाई मदत दिन र बचाउन उहाँको अनुपम प्रेमले उहाँलाई बाध्य पार्दछ। हामी महत्त्वहीन फटेङग्राहरू जस्तै भए तापनि यहोवाले हामीसित प्रेमपूर्ण व्यवहार गर्नुहुन्छ। भजनरचियताले यसो भनेका छन्‌: “हाम्रा परमेश्‍वर परमप्रभुजस्तो को छ? उहाँ ता उच्च स्थानमा विराजमान हुनुभएको छ। औ आकाश र पृथ्वीका कुराहरूमा नजर गर्नालाई निहुरिनुहुन्छ, कङ्‌गालीहरूलाई धूलोबाट उहाँलेनै उचाल्नुहुन्छ।”—भजन ११३:५-७.

यस भजनमा उल्लेख गरिए झैं, नम्र जनलाई मदत दिन यहोवा अघि बढनु हुन्छ। हो, ‘परमेश्‍वरलाई खोजेर भेट्टाउन चाहने’ नम्र मानिसहरूलाई उहाँले मदत दिनु हुन्छ। (प्रेरित १७:२७) परमेश्‍वरलाई भेट्टाउने र उहाँको सेवा गर्ने मानिसहरू उहाँको नजरमा अनमोल बन्छन्‌। (यशैया ४३:४, १०-सित तुलना गर्नुहोस्‌) अतः त्यो तुच्छ फटेङग्रोले हाम्रो महत्त्वहीनता र हाम्रा सर्वशक्‍तिमान सृष्टिकर्त्ताको प्रेमको सम्झना हामीलाई गराउँछ। हाम्रो सृष्टिकर्त्ताले आज्ञाकारी मानिसहरूलाई उहाँको मित्र हुने सौभाग्य र आफ्नो अनुग्रह प्रदान गर्नुहुन्छ। के तपाईं परमेश्‍वरको प्रेमका लागि मूल्याङ्‌कन व्यक्‍त गर्नु हुँदैछ? (w93 9/15)

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने