प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w94 ४/१ पृ. ३
  • एउटा उत्तम संसार—सपना मात्र?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • एउटा उत्तम संसार—सपना मात्र?
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९४
  • मिल्दोजुल्दो सामग्री
  • एउटा उत्तम संसार—नजिकै!
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९४
  • के सपनाहरूले भविष्यबारे बताउनसक्छन्‌?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९६
  • उत्तम जीवन—नजीकै!
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९५
  • संसारका सर्वोत्तम पत्रिकाहरू प्रस्तुत गर्नुहोस्‌
    हाम्रो राज्य सेवकाई—१९९४
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९४
w94 ४/१ पृ. ३

एउटा उत्तम संसार—सपना मात्र?

यदि तपाईं इरानी अगमवक्‍ता जरथ्रुस्तले प्रचार गरेको पारसी धर्मको अनुयायी हुनुभएको भए पृथ्वी आफ्नो प्रारम्भिक सौन्दर्यमा फर्कने दिन कुरिरहनु हुन्थ्यो होला। यदि तपाईं प्राचीन युनानबासी हुनुभएको भए रमणीय समृद्धि र सुख-शान्तिको काल्पनिक टापुमा पुग्ने अथवा सा.यु.पू. आठौं शताब्दीका कवि हेसियोडले वर्णन गरेअनुसार स्वर्ण युग फर्केको सपना देखिरहनुभएको होला। दक्षिण अमेरिकाको ग्वारानी इन्डियनले भने अझसम्म पनि दुष्ट्याईंविनाको संसार खोजिरहेको होला। हाम्रो समयमा, शायद कुनै राजनैतिक विचारधारा अथवा हाल पर्यावरण सम्बन्धी सजगताको कारण यो संसार सुध्रिनेछ भन्‍ने आशा तपाईंले गरिरहनुभएको होला।

स्वर्ण युग, समृद्धि र सुख-शान्तिको काल्पनिक टापु, दुष्ट्याईंविनाको संसार—यी सबै एउटा उत्तम संसारको चाहना व्यक्‍त गर्न प्रयोग गरिएका बेग्लाबेग्लै नाउँहरूमध्ये केही हुन्‌।

यो संसार अर्थात्‌ हाम्रो संसार निश्‍चय नै एउटा आदर्श ठाउँ होइन। निर्मम हत्याहरूको वृद्धि, अपूर्व अनुपातमा भ्रातृघात हुने हिंसात्मक युद्धहरू, जातिहत्या, अरूको दुःखकष्टप्रति बेवास्ता, गरीबी र भोक, बेरोजगारी र साहचर्यको अभाव, पर्यावरण सम्बन्धी समस्याहरू, लाखौंलाई ग्रसित पार्ने निरूपाय रोगहरू जस्ता वर्तमान दुःखहरूको सूची अनगिन्ती देखिन्छन्‌। हाल घटित युद्धहरूलाई ध्यानमा राखेर एक जना इटालेली पत्रकारले यसो भने: “अहिले हाम्रो समयमा सबैभन्दा संवेदनशील भावुकता नै वैमनस्यता होइन र भनी स्वतः प्रश्‍न उठ्‌छ।” यो परिस्थितिलाई ध्यानमा राख्दा के एउटा भिन्‍नै, उत्तम कुराको आकाङ्‌क्षा राख्नु व्यावहारिक देखिन्छ र? अथवा के त्यस्तो आकाङ्‌क्षा केवल एउटा काल्पनिक आदर्श राज्यप्रतिको तिर्सना वा कहिल्यै पूरा नहुने सपना मात्र हो? के हामी यथासम्भव सबैभन्दा उत्कृष्ट संसारमा बाँचिरहेका छौं?

यस्ता चिन्ताहरू कुनै नौलो कुरा होइन। शताब्दीयौंदेखि मानिसहरूले सामञ्जस्य, न्याय, समृद्धि र प्रेमले राज गर्ने संसारको चाह गरिरहेका छन्‌। समयको दौडान कयौं दर्शनशास्त्रीहरूले आदर्श राज्य, उत्तम संसारबारे आफ्ना धारणाहरूलाई विस्तृत ढङ्‌गमा वर्णन गरेका छन्‌। तर दुःखको कुरा, ती धारणाहरूलाई सफलतापूर्वक कसरी साकार पार्ने भनी तिनीहरूले बुझाउन भने सकेका छैनन्‌।

के यी शताब्दीयौं पुराना सपनाहरू, काल्पनिक आदर्श राज्यहरू र मानव आकाङ्‌क्षाहरूको सूचीले एउटा उत्तम समाजबारे हामीलाई केही सिकाउँदैन र? (w94 4/1)

[पृष्ठ ३-मा भएको चित्र]

के यो यथासम्भव सबैभन्दा उत्कृष्ट संसार हो?

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने