प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w94 १२/१ पृ. ३२
  • विश्‍वासको पक्षमा जनधारणा

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • विश्‍वासको पक्षमा जनधारणा
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९४
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९४
w94 १२/१ पृ. ३२

विश्‍वासको पक्षमा जनधारणा

गत शताब्दीको अन्त सँगसँगै विज्ञान, तत्त्वज्ञान र धर्म निरपेक्षतावादको समर्थनमा उठाइएका आवाजहरूले परमेश्‍वरमाथिको विश्‍वास र बाइबलको प्रेरणामाथि क्षति पुऱ्‍याएको छ।

तर उठाइएका आवाज त्यति मात्र होइनन्‌। नास्तिकवादको नभई परमेश्‍वरको पक्षमा भन्‍न सकिने थुप्रै कुराहरू छन्‌ भनेर कतिपय अन्वेषकहरूले देखे। तिनीहरूको अध्ययनले बाइबल परमेश्‍वरको प्रेरित वचन हो भन्‍ने थुप्रै प्रमाणहरू पनि प्रस्तुत गऱ्‍यो।

यस सम्बन्धमा व्यक्‍त गरिएको एउटा प्रमुख आवाज सी. टी. रसलको थियो। सन्‌ १८८६ मा प्रकाशित द डिभाइन प्लान अफ दि एजे नामक पुस्तक लाखौं व्यक्‍तिहरूले पढे। त्यस खण्डमा भएको सशक्‍त अध्याय, “सर्वोत्कृष्ट बुद्धिमान सृष्टिकर्त्ताको अस्तित्त्व प्रमाणित” भन्‍ने विषय थियो।

त्यसपछिका दशकहरूमा रसलले परमेश्‍वर र बाइबलमाथि विश्‍वास गर्न मिल्ने प्रबल प्रमाणहरू प्रस्तुत गर्ने लेखहरू, पर्चाहरू र पुस्तकहरू लेखे। यी लेख, पर्चा र पुस्तकहरू वाच टावर बाइबल एण्ड ट्र्याक्ट सोसाइटीद्वारा प्रकाशित भएका थिए। यसको दोस्रो अध्यक्ष जे. एफ. रदरफोर्डले क्रिएसन (१९२७) र अन्य लेखहरू लेखे जसले परमेश्‍वरमाथिको विश्‍वासको पक्षमा थप समर्थन दियो।

त्यस सोसाइटीले हालसालै यस सम्बन्धमा थप नवीनतम जानकारी प्रकाशित गरेको छ। गम्भीर मननका लागि यहोवाका साक्षीहरूले त्यस्ता जानकारीहरू तपाईंका निम्ति उपलब्ध गराउन सक्छन्‌।

यस विषयमा अझ बढी जानकारी वा कोही तपाईंको घरमा आएर निश्‍शुल्क बाइबल अध्ययन गरेको चाहनुहुन्छ भने कृपया Watch Tower, H-58 Old Khandala Road, Lonavla 410 401, Mah., India वा पृष्ठ २-मा दिइएको तपाईंलाई सुविधा पर्ने कुनै पनि ठेगानामा लेखिपठाउनु होस्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने