प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w95 ४/१५ पृ. २९
  • मोजाम्बिकमा “नुन बेच्ने”

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • मोजाम्बिकमा “नुन बेच्ने”
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९५
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९५
w95 ४/१५ पृ. २९

मोजाम्बिकमा “नुन बेच्ने”

मोजाम्बिकको निरीक्षण समितिका सदस्य, फ्रान्सेस्को कोनाले “यातना शिविरमा” दस वर्ष बिताए। उनी आफ्नो अनुभव यसरी बताउँछन्‌: “हामी यहाँ लामो समयसम्म पर्नेछौं भनी मलाई थाह थियो। अतः नियमित अग्रगामी सेवा कायम गर्न सम्भव होला कि भनेर मैले क्षेत्रीय निरीक्षकलाई सोधें। तर शिविरमा प्रायः सबैजसो यहोवाका साक्षीहरू भएकोले यसो गर्न सम्भव होला र भनी क्षेत्रीय निरीक्षकले मलाई सोधे। मानिसहरूलाई प्रचार गर्न ४७ किलोमिटर टाढा मेलान्ज गाउँमा जान्छु भनी मैले तिनलाई बताएँ।

“शिविर छाड्‌न हामीलाई औपचारिक अनुमति नदिइए तापनि यो नियम कडासाथ लागू गरिएको थिएन। स्थानीय बासिन्दाहरूलाई प्रचार गर्ने उपाय भेटाउनको लागि जंगलमा गएर घुँडा टेकी प्रार्थना गरेको मलाई अझै याद छ। यहोवाले मलाई चाँडै प्रत्युत्तर दिनुभयो।

“साइकल भएको एक जना मानिससित मेरो भेट भयो। अतः तिनीसित सट्टापट्टा गर्ने सम्झौता गरें। वर्षात्‌ आउनअघि तिनको दुइ एकड जमिन खेती गरिदिएको खण्डमा तलबस्वरूप त्यो साइकल मलाई दिन तिनी राजी भए। अतः हरेक बिहान म तिनको खेत जोत्थें। यहोवाले यो प्रबन्धलाई आशिष्‌ दिनुभयो किनभने आखिरमा मैले त्यो साइकल पाएँ।

“फलस्वरूप मेलान्जको ठूलो शहरमा गएर यस फलदायी क्षेत्रमा प्रभावकारी ढंगले मैले अग्रगामी सेवा अघि बढाउन सकें। हाम्रो काम प्रतिबन्धित हुनाले मानिसहरूसमक्ष सत्य पुऱ्‍याउन मैले एउटा योजना रच्नुपऱ्‍यो। पुस्तक तथा पत्रिकाहरू आफ्नो कमिजभित्र लुकाएर झोलामा नुन बोकी नुन बेच्ने व्यापारमा लागें। पाँच मेटेकिसमा (मोजाम्बिकको मुद्रा) बेच्नुको साटो त्यसलाई १५ मेटेकिसमा बेच्थें। (त्यो असाध्यै सस्तो भएमा मानिसहरूले सबै किन्थे र प्रचार-कार्यमा चलाउन मसित नुन बाँकी हुँदैन थियो!) मेरो वार्तालाप यस्तै प्रकारको हुन्थ्यो:

“‘नमस्कार! नुन किन्‍नुहुन्छ?’

“‘कति पर्छ?’

“‘पन्ध्र मेटिकिस।’

“‘ओहो! त्यो त साह्रै महँगो भयो!’

“‘हो, मलाई थाह छ। तर अहिले नै तपाईंलाई त्यस्तो महँगो लाग्छ भने यो पछि झनै महँगो हुनेछ। यसबारे बाइबलमा भविष्यवाणी गरिएको थियो भनेर के तपाईंलाई थाह छ?’

“‘मैले आफ्नो बाइबलमा त त्यो कहिल्यै पढेको छैन।’

“‘हो, त्यहीं लेखिएको छ। तपाईंको बाइबल ल्याउनुहोस्‌ अनि म तपाईंलाई देखाउनेछु।’

“त्यसपछि उसैको बाइबल प्रयोग गरेर वार्तालाप सुरु हुन्थ्यो र मेरो बाइबल झिक्नै पर्दैनथ्यो। कठिन परिस्थिति र भोकमरीहरूबारे म प्रकाशको ६ अध्यायलाई संकेत गर्थें। अनुकूल प्रतिक्रिया व्यक्‍त गरेमा द ट्रुथ द्याट लीड्‌स टु इटर्नल लाइफ (अनन्त जीवनतर्फ डोऱ्‍याउने सत्य) वा गुड न्युज टु मेक यु ह्‍याप्पि (तपाईंलाई आनन्दित तुल्याउने सुसमाचार) झिकेर औपचारिक बाइबल अध्ययन सुरु गर्थें।

“फलस्वरूप मेलान्जका १५ इच्छुक व्यक्‍तिहरूसित मैले अध्ययन थाल्न सकें। तर अधिकारीहरूले हाम्रो गतिविधिबारे चाँडै सुइँको पाइहाले। एक दिन बाइबल अध्ययन गरिरहेको बेला प्रहरीहरू अकस्मात्‌ घरभित्र घुसेर हामीलाई गिरफ्तार गरे। हामीलगायत परिवारका स-साना केटाकेटीहरूलाई स्थानीय झ्यालखानामा लगियो। त्यहाँ एक महिना बिताइसकेपछि हामी सबैलाई पुनः शिविरहरूमा पठाइयो।”

यस्ता घटनाहरूले हाम्रा भाइहरूको जोशलाई कम गरेन। त्यसको विपरीत, शिविरमा भएका फ्रान्सिस्को र उनको परिवारलगायत हजारौं भाइहरू अहिले मोजाम्बिकको स्वतन्त्र वातावरणमा उपासना र प्रचार गरिरहेका छन्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने