प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w95 ५/१५ पृ. ३२
  • परमेश्‍वरको नाउँ भएका सिक्काहरू

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • परमेश्‍वरको नाउँ भएका सिक्काहरू
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९५
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९५
w95 ५/१५ पृ. ३२

परमेश्‍वरको नाउँ भएका सिक्काहरू

यहाँ देखाइएका चाँदीका सिक्काहरूलाई गहिरिएर हेर्नुहोस्‌। जर्मन राजा, विल्हाइम पाँचौंले सन्‌ १६२७ देखि १६३७ सम्म आफ्नो शासनावधिमा ती बनाएका थिए। त्यत्तिखेर, क्याथोलिक तथा प्रोटेस्टेन्टहरूबीचको तीस वर्षीय लामो युद्धमा मध्य युरोप मुछिएको थियो। विल्हाइम पाँचौंले प्रोटेस्टेन्टहरूको पक्ष लिए। युद्धको ठूलो खर्च बेहोर्न तिनले आफ्ना सबै चाँदीहरू टक्सारमा लगेर त्यसबाट सिक्काहरू बनाए।

चाखलाग्दो कुरा, प्रायजसो सिक्कामा सूर्यको परिधिभित्र हिब्रू टेट्रागमाटनको रूपमा रहेको परमेश्‍वरको नाउँ, यहोवा चित्रण गरिएको छ। त्यसमा शक्‍ति जनाउने ताडीको रूख पनि छ। त्यस रूखले भन्‍न खोजेको कुरा के हो भने, बतासले रूखलाई नुहाए तापनि परमेश्‍वरको सुरक्षाले गर्दा त्यो भाँचिदैन। सिक्काको परिधिमा ल्याटिन भाषामा यस्तो लेखिएको छ: “यहोवाले इच्छा गरूञ्जेल म खडा रहनेछु।”

परमेश्‍वरको सुरक्षाको निम्ति बिन्ती गर्नुको साटो त्यसरी परमेश्‍वरको नाउँ प्रयोग गर्नु व्यर्थ थियो किनभने मानवजातिका हिंस्रक युद्धहरूमा यहोवाले पक्ष लिनुहुन्‍न। निस्सन्देह, त्यो तीस वर्षीय लामो युद्धले परमेश्‍वरको अनुमोदन पाएको हुन सक्दैन। फंक एण्ड वाग्नल्स्‌ न्यु इन्साइक्लोपीडिया यसो भन्छ: “सालाखाला अनुमानअनुसार युद्धताका लगभग आधी जति जर्मनहरू मारिए। अनगिन्ती जर्मन शहर, गाउँ र खेतहरू पूर्णतया ध्वस्त भए। जर्मनीका लगभग दुइ तिहाई औद्योगिक, कृषि र आर्थिक निकायहरू भताभुंग भए।”

यी सिक्काहरूमा यहोवाको नाउँको प्रयोगले इस्राएलीहरूलाई दिइएको यो आज्ञा स्मरण गराउँछ: “तैंले परमप्रभु [यहोवा, न्युव] आफ्ना परमेश्‍वरको नाउँ व्यर्थैमा नलिनू।” (प्रस्थान २०:७) तापनि जर्मनीका मानिसहरू लामो समयदेखि त्यो ईश्‍वरीय नाउँ, यहोवासित परिचित छन्‌ भनी यी सिक्काहरूले साक्षी दिन्छन्‌। त्यस नाउँ भएको परमेश्‍वरलाई तपाईं कति राम्ररी चिन्‍नुहुन्छ?

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने