के परमेश्वरले संसारलाई शासन गर्नुहुन्छ?
आइतबार बिहानको कुरा हो। धेरै मानिसहरू निद्राबाट ब्यूँझेपछि लुगाफाटा फेर्छन्, चिया-चमेना खाएर हतार हतार चर्च जान्छन्। त्यहाँ तिनीहरूले एउटा भाषण सुन्छन्, जसमा परमेश्वर पृथ्वीको सर्वोच्च शासक हुनुहुन्छ र उहाँको अतुलनीय अख्तियारबारे वर्णन गरिन्छ। उहाँले मानिसहरूप्रति गहिरो चासो राख्नुहुन्छ भनेर तिनीहरूलाई बताइन्छ। त्यहाँ येशू ख्रीष्टको पनि उल्लेख गरिन्छ। उहाँ राजाहरूका महाराजा हुनुहुन्छ र उहाँसमक्ष सारा प्राणीहरू आज्ञाकारी भएर दण्डवत् गर्नेछन् भनेको सुनिन्छ।
चर्चबाट घर आइपुगेपछि तिनीहरू टेलिभिजनमा समाचार हेर्न बस्छन्। तिनीहरू अब अनिकाल, अपराध, लागू पदार्थको दुरुपयोग अनि गरिबीबारे सुन्छन्। अनि तिनीहरूले रोगबिमार र मृत्युका दयनीय दृश्यहरू देख्छन्।
तिनीहरूले चर्चमा सुनेका र विशेषगरि त्यहाँ कहिल्यै वर्णन नगरिएका विषयहरूबारे सोच्न थाल्छन्। यदि परमेश्वर मायालु र सर्वशक्तिमान हुनुहुन्छ भने यस्ता भयानक कुराहरू किन हुन्छन्? अनि येशू ख्रीष्ट नि? स्पष्ट छ, उहाँको निर्देशनप्रति अनाज्ञाकारी हुने धेरै मानिसहरू छन्।
[पृष्ठ ३-मा भएको चित्र]
परमेश्वरले संसारलाई शासन गर्नुहुन्छ भने यति धेरै दुःख र गोलमाल किन?
[पृष्ठ २-मा भएको चित्रको स्रोत]
Cover: NASA photo