प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w95 १०/१५ पृ. ३-४
  • भय—मित्र वा दुस्मन?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • भय—मित्र वा दुस्मन?
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९५
  • मिल्दोजुल्दो सामग्री
  • तपाईंको हृदयलाई यहोवाको भय मान्‍ने बनाउनुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००१
  • किन मानिसको होइन, परमेश्‍वरको भय मान्‍नु?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९०
  • यहोवाको भयमा आनन्द प्राप्त गर्न सिक्नु
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९५
  • यहोवाको भय राख्नुहोस्‌ र उहाँको आज्ञा पालन गर्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००१
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९५
w95 १०/१५ पृ. ३-४

भय—मित्र वा दुस्मन?

“म कसरी मर्न चाहन्छु भनेर सोच्ने गर्छु। मलाई गोली त नहानोस्‌ तर हानिहाल्यो भने टाउकोमै हानोस्‌ ताकि म घटनास्थलमै मरिहाल्छु।”

एउटी १४ वर्षीय केटीले लस एन्जलस टाइम्स-का संवाददातालाई उक्‍त कुरा बताइन्‌। हालै जवानहरूले वयस्क तथा अन्य जवानहरूको हत्या गरेका घटनाहरूबारे तिनले विद्यार्थीहरूसित अन्तर्वार्ता लिइरहेका थिए। उक्‍त प्रतिवेदनको शीर्षक यस्तो थियो: “भयभीत संसार।”

आज थुप्रै मानिसहरू भयमा बाँचिरहेका छन्‌ भनेर तपाईंलाई अवश्‍य थाह होला। केको भय? एउटै प्रकारको भय मात्र तोकेर भन्‍न त गाह्रै पर्ला। तपाईंको इलाकाका साथीभाइ तथा अन्य मानिसहरूको भय, छेऊको पेटीमा दिइएका बुँदाहरूसित मिल्छ कि हेर्नुहोस्‌। यो पेटी नोभेम्बर २२, १९९३ को न्युजवीक पत्रिकाबाट लिइएको हो र यसले “१० देखि १७ वर्षबीचका ७५८ केटाकेटीहरूलगायत तिनीहरूका आमाबाबुहरूसित” लिइएको जनमतको परिणाम देखाउँछ।

ती जवानहरूसित अहिले अन्तर्वार्ता लिने हो भने तिनीहरूले भुइँचालोको भयजस्ता थप कारणहरू बताउलान्‌। जनवरी १९९४ मा लस एन्जलसमा भएको विध्वंसकारी भुइँचालोपश्‍चात्‌ टाइम्स पत्रिकाले यस्तो रिपोर्ट दियो: “कुनै पीडादायी अनुभवपछि हुने केही लक्षणहरू यस्ता हुन्छन्‌: बिगतको कुनै घटनाको बारम्बार झझल्को आइरहने, डरलाग्दो सपना, अचाक्ली सतर्कता र आफ्नो जीवनमाथि नियन्त्रण नभएकोमा रीस उठ्‌ने इत्यादि।” भुइँचालोग्रस्त क्षेत्रबाट बसाइँ सर्ने निर्णय गरेका एक व्यापारीले यसो भने: “त्यसले गरेको क्षति कुनै ठूलो कुरा होइन। क्षति त त्यसले पैदा गर्ने त्रास हो। तपाईं जुत्ता लगाएरै सुत्न खोज्नुहुन्छ। तर निदाउन सक्नुहुन्‍न। भुइँचालो कहिले आउला भनेर हरेक रात टोलाएर बस्नुहुन्छ। दिक्क लाग्छ।”

अप्रिल ११, १९९५ मा टोक्योबाट प्राप्त एउटा प्रतिवेदनको शीर्षक यस्तो थियो, “एकपछि अर्को विपत्तिले गर्दा जापान अत्तालिएको छ।” त्यसमा यसो भनिएको थियो: “विषालु ग्यासको आक्रमण . . . विशेषगरि जापानी मनोभावको लागि एउटा गम्भीर आघात थियो। किनभने सामूहिक तवरमा भविष्यप्रति आधारभूत नयाँ अनिश्‍चितताहरू सृजना गर्ने घटनाहरूको क्रममा उपरोक्‍त घटना भएको थियो। . . . दिन होस्‌ या रात सुरक्षित मानिएका सडकहरूमा हिंड्‌न मानिसहरू अब सुरक्षित महसुस गर्दैनन्‌।” अनि त्यस्तो भय व्यक्‍त गर्ने वृद्धहरू मात्रै होइनन्‌। “[साजो विश्‍वविद्यालयका] प्राध्यापक इशिकावाअनुसार जवानहरू . . . विशेषगरि बढी चिन्तित देखिन्थे किनभने भविष्यबारे तिनीहरूको प्रायजसो अस्पष्ट धारणा हुन्छ।”

प्रमाणहरूअनुसार “अचाक्ली त्रासले मस्तिष्कको संरचनालाई अदलबदल गर्नसक्छ र त्यस्तो भयले गर्दा दशकौंपछिसम्म पनि आङ सिरिंङ हुन्छ।” मस्तिष्कले एउटा डरलाग्दो परिस्थितिको कस्तो अर्थ लगाउँछ, त्यसका विवरणहरूलाई केलाएपछि किन डराउँछ भनी वैज्ञानिकहरूले बुझ्ने प्रयास गरिरहेका छन्‌। प्राध्यापक जोसेफ लिडुले यसप्रकार लेखे: “आशा छ, प्राणीमा भय पैदा गराउने परिस्थितिको स्नायुपथ पत्ता लागेपछि हामीले यस प्रकारको स्मरणशक्‍तिको साधारण संरचनाबारे बुझाउन सक्नेछौं।”

तर, हामीमध्ये धेरैले भयको रासायनिक वा स्नायुविक कारणमा त्यतिको चासो राख्दैनौं। बरु, यस्ता प्रश्‍नहरूको जवाफमा बढी चासो राख्नु व्यवहारिक ठान्छौं। हामी किन डराउँछौं? हामीले कस्तो प्रतिक्रिया देखाउनुपर्ने हो? के कुनै प्रकारको भय लाभकारी हुन्छ?

भयले कहिलेकाहीं तपाईंको मदत गर्छ भन्‍ने कुरामा शायद तपाईं सहमत हुनुहुन्छ होला। उदाहरणको लागि, यो परिस्थितिलाई कल्पना गर्नुहोस्‌। घर पुग्नै लाग्दा अँध्यारो भइसक्यो। तपाईंले घरबाट निस्कँदा ढोका बन्द गर्नुभएको थियो तर अहिले ढोका खुल्लै छ। तपाईंले झ्यालबाट एउटा छायाँ चलहल गरिरहेको देख्नुहुन्छ। छाँटकाँट ठीक नभएको देखेर तपाईं बेचैन महसुस गर्नुहुन्छ। शायद घरभित्र चोर वा चक्कूधारी आक्रमणकारी पसेको छ।

त्यस्तो सहजज्ञानद्वारा उत्पन्‍न भयले तपाईंलाई खतरनाक परिस्थितिमा अन्धाधुन्ध हात हाल्नदेखि जोगाउँछ। भयले तपाईंलाई सम्भाव्य खतरा सामना गर्नुअघि सावधानी अपनाउन वा कसैको सहयोग लिन मदत गर्नसक्छ। त्यस्ता थुप्रै उदाहरणहरू छन्‌: उच्च भोल्टेजको संकेत; तपाईंको इलाकामा उर्लिन लागेको आँधीबारे रेडियोमा दिइएको घोषणा; घुईंचो सडकमा गाडी चलाइरहँदा प्राविधिक गडबडीले गर्दा निस्केको कानै खाने आवाज।

कहिलेकाहीं भयको भावना एउटा मित्रसरह हुन्छ भन्‍नुमा कुनै शंका छैन। यसले हामीलाई जोगाउन वा बुद्धिमानीपूर्वक काम गर्न मदत दिनसक्छ। तर, तपाईंलाई थाहै होला, अटुट वा तीव्र भय भने मित्र पटक्कै होइन। त्यो दुस्मन हो। यसले गर्दा स्वाँस्वाँ हुने, मुटुको धड्‌कन बढ्‌ने, बेहोस हुने, काम्ने, वाक्‌वाक्‌ लाग्ने र आफ्नो वातावरणमा नौलो महसुस आदि हुनसक्छ।

हाम्रो समयमा पृथ्वीमा डरलाग्दा घटनाहरूको साथै अचाक्ली भय हुनेछ भनेर बाइबलले तोकेर बताउँछ भन्दा तपाईंलाई अनौठो लाग्ला। तर कसरी र त्यसले तपाईंको जीवन तथा सोचाइमा कस्तो प्रभाव पार्नुपर्ने हो? साथै, बाइबलको दृष्टिकोणअनुसार दिनानुदिन एक प्रकारको भय विशेषगरि मदतकारी र असल हुन्छ भनेर किन भन्‍न सकिन्छ? आउनुहोस्‌, हेरौं।

[पृष्ठ ३-मा भएको पेटी]

आफू र आफ्नो परिवारसित सम्बन्धित कुन विषय सबैभन्दा चिन्ताजनक लाग्छ भनेर प्रश्‍न गर्दा वयस्क तथा केटाकेटीहरू यसो भन्छन्‌:

केटाकेटीहरू आमाबाबुहरू

५६% परिवारको सदस्यमाथि हिंसात्मक अपराध ७३%

५३% वयस्कले जागिर गुमाउने भय ६०%

४३% पेट पाल्न नसक्नु ४७%

५१% डाक्टरलाई जचाउन पैसा नहुनु ६१%

४७% आवासको प्रबन्ध गर्न नसक्नु ५०%

३८% परिवारको कुनै सदस्य लागू

पदार्थको दुर्व्यसनी हुनु ५७%

३८% तिनीहरूको परिवार टुक्रिनु ३३%

श्रोत: न्युजवीक, नोभेम्बर २२, १९९३

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने