प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w95 ११/१ पृ. २९
  • बट्टाको भोजनले साक्षी दिन्छ

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • बट्टाको भोजनले साक्षी दिन्छ
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९५
  • मिल्दोजुल्दो सामग्री
  • पाठकहरूका प्रतिक्रिया
    ब्यूँझनुहोस्‌!—२००५
  • शिक्षण पेटीहरू
    यहोवाको शुद्ध उपासना—आखिरमा पुनर्स्थापित हुन्छ!
  • क्षतिग्रस्त इलाकामा राहत पुऱ्‍याउने
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९६
  • “यस्तो प्रेम देखेर हाम्रो मनै छोयो”
    ब्यूँझनुहोस्‌!—२०१७
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९५
w95 ११/१ पृ. २९

बट्टाको भोजनले साक्षी दिन्छ

गत जनवरी महिना जापानको कोबे शहरमा भूकम्प गएको केही दिनपछि प्रभावित क्षेत्रका मानिसहरूलाई खानेकुरा प्राप्त गर्न साह्रै गाह्रो भएको थियो। तर आफ्ना मित्रहरूको दयालु सहयोगले गर्दा यहोवाका साक्षीहरू भोकै बस्नुपरेन। भूकम्प गएको पहिलो दुइ तीन दिनसम्म नजीकैका मण्डलीहरूले भातको लड्डु खुवाए। त्यसपछि चाँडै नै तिनीहरूका चिन्तित मित्रहरूले बट्टामा भोजन राखेर दिन थाले। ती बट्टाहरूमा थुप्रै मित्रहरूले सानो पर्चामा आफ्नो चिन्ता व्यक्‍त गरेर बट्टामा टाँसेका थिए। बट्टाको भोजन पाउनेजति सबैले ती पर्चा पढ्‌दा आफ्नो आँसु थाम्न नसकेर भोजन आँसुले “नुनिलो” भएको कुरा बताए।

यहोवाका साक्षीहरूले खाँचोमा परेका अन्य मानिसहरूलाई पनि भोजन बाँडे। एउटै कम्पनीमा काम गर्ने गैर-साक्षी सहकर्मीसँग गाडीमा यात्रा गर्दा एक जना साक्षी त्यो बट्टाको भोजन खाँदैथिए। तिनले आफ्नो सहकर्मीलाई पनि भोजन दिए।

“तपाईंले यो भोजन कहाँ किन्‍नुभयो”, सहकर्मीले सोधे। त्यसपछि हाम्रो भाइले साक्षीहरूको राहत कार्यबारे बताए। “मैले तरकारी नखाएको निकै दिन भइसक्यो। त्यसकारण अलिकता तरकारी म मेरो परिवारका लागि पनि लैजान्छु।” त्यो मानिसले मूल्यांकन जाहेर गर्दै भने।

तेस्रो पटक पनि त्यस्तैगरि बट्टाको भोजन पाएपछि त्यो सहकर्मीले ३,००० जापानी येन (करिब ३५ अमेरिकी डलर) साक्षीलाई दिंदै यसो भने: “म तपाईंहरूको कामसित परिचित छु। त्यसैले म यो पैसा चन्दास्वरूप दिन चाहन्छु। र तपाईंले आफ्नो भोजन मसित बाँड्‌नु भएकोमा म आफ्नो मूल्यांकन पनि जाहेर गर्छु। तपाईंका मित्रहरू साँच्चै असल हुनुहुँदोरहेछ।”

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने