प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w95 ११/१५ पृ. ८-९
  • विश्‍वभरि यहोवाका साक्षीहरू न्यु जील्याण्ड

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • विश्‍वभरि यहोवाका साक्षीहरू न्यु जील्याण्ड
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९५
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९५
w95 ११/१५ पृ. ८-९

विश्‍वभरि यहोवाका साक्षीहरू न्यु जील्याण्ड

के टापुहरूले यहोवाको प्रशंसा गर्नसक्छ? सक्छ, किनकि यशैया ४२:१० ले यसो भन्छ: “परमप्रभुको निम्ति एउटा नयाँ भजन गाऊ, उहाँको प्रशंसा पृथ्वीको पल्लो छेउदेखि गर . . . हे समुद्र किनारका देश र तिनका सबै बासिन्दा हो।” न्यु जील्याण्डका टापुहरूले भने पक्कै यहोवाको प्रशंसा गर्छन्‌। न्यु जील्याण्ड त्यहाँका ताल, खोल्सा, अग्ला पहाड, हिमनदी, समुद्री किनारा, ढकमक्क उनिउँ फुलेको उष्ण कटिबन्धीय सदाबहार जंगल तथा हराभरा रमणीय दृश्‍यहरूको लागि विश्‍व प्रख्यात छ। यसले स्वर्ग अनि पृथ्वी बनाउनुहुने सृष्टिकर्ताको महानता र वैभवबारे वाक्‌पटुशैलीमा वर्णन गर्छ।

हाल २० औं शताब्दीमा न्यु जील्याण्डका थुप्रै बासिन्दाहरूले शुद्ध उपासना स्वीकार्नुको साथै अरूलाई परमेश्‍वरको राज्य घोषणा गरेर यहोवाको प्रशंसालाई अझ गुञ्जाइरहेका छन्‌। हालै, नातेदारहरूलाई साक्षी दिंदा राम्रो परिणाम प्राप्त भएको विवरण एक साक्षीले सुनेका थिए। अतः तिनले आफ्ना नातेदारहरूलाई प्रचार गर्ने निर्णय गरे। तिनले परिवारका थुप्रै सदस्यहरूलाई पार्थिव प्रमोदवनमा तपाईं सधैंभरि बाँच्न सक्नु हुन्छ पुस्तक उपहारस्वरूप दिए। के कुनै प्रतिफल प्राप्त भएको छ? तिनी बताउँछन्‌, तिनका बहिनी र भाइ अहिले बाइबल अध्ययन गर्दैछन्‌, भान्जाले यहोवाको साक्षीको हैसियतमा बप्तिस्मा लिइसके। साथै, अहिले अन्य सदस्यहरू परमेश्‍वरको वचनको सत्यप्रति निकै ग्रहणशील भएका छन्‌। तिनले प्रचार गर्नुपर्ने क्षेत्र अझ निकै बाँकी छ। आमाबाबुबाहेक तिनका छ दाजुभाइ र नौ दिदीबहिनी छन्‌।

राज्य भवनहरू निर्माण गर्न अरूलाई साथ दिंदा पनि यहोवाको प्रशंसा हुन्छ। उदाहरणको लागि, अखबारका स्तम्भ लेखक, रोइ पर्किन्सले मे १७, १९९४ को ओपोटिकी न्युज-मा यसरी लेखे: “आफू गैरविश्‍वासी भए तापनि परमेश्‍वरप्रति प्रेमको खातिर एउटा कार्यमा यति धेरै समय र प्रयास खर्च गर्ने समर्पित कार्यकर्ताहरू देखेर म निकै प्रभावित भएको छु।

“सप्ताहन्तमा त्यति धेरै घण्टा बिताउँदा पनि कुनै मजदूरले विरोध गरेको सुनिएन . . . खटमा पुरुष कामदारहरू सँगसँगै स्त्रीहरू काम गरिरहेका थिए। तिनीहरूले हाँसीखुशी ईंटका जोर्नीहरूमा सिमेन्ट भरिरहेका अनि मालतालहरू ओसारपसार गरिरहेका थिए।

“कसैले पनि धूम्रपान नगर्ने हुँदा एक मिनेट पनि खेर गएन। त्यो वातावरणमा रंगरोगनको गन्ध र ईंटाको धूलोबाहेक अन्य प्रकारको प्रदूषण थिएन।”

ओपोटिकी मण्डलीका प्राचीनहरूको निकायले यसप्रकार लेखे: “यस कार्यले गर्दा यहाँका सम्पूर्ण नगरबासीहरू निकै प्रभावित भएका छन्‌। चारैतिर मानिसहरू यसैबारे कुरा गरिरहेका छन्‌ जस्तो देखिन्छ। थुप्रै बाइबल अध्ययन सुरु भएका छन्‌। एउटा अनुभव विशेषगरि चाखलाग्दो छ। त्यो हो, असाध्यै धर्मपरायण दम्पतीको। तिनीहरूकहाँ कोही पनि साक्षीहरू नआओस्‌ भनेर निकै वर्षअघिदेखि भन्दै आएका थिए। तिनीहरू हरेक दिन निर्माण क्षेत्रमा आउँथे र त्यसपछि सभा पनि धाउँथे। पतिले पछि यसो भने, ‘तपाईंहरू परमेश्‍वरका जन हुनुहुन्छ भनेर मैले देखें। यस्तैप्रकारका मानिसहरूसित संगत गर्न पाओस्‌ भनेर मैले मनमनै जिन्दगीभर तिर्सना गरेको थिएँ।’”

डुनेडिनमा शीघ्र निर्मित राज्य भवनबारे ओटागो डेली टाइम्स-का स्तम्भ लेखकले गत वर्ष यसो भने: “यो एउटा उल्लेखनीय कार्य थियो। उत्प्रेरणा र आत्ममदतको उल्लेखनीय उदाहरण हो।” त्यही अखबारले यस्तो टिप्पणी गऱ्‍यो: “आफ्नै आँखाअगाडि एउटा ठूलो भवन निर्माण हुँदा नगरबासीहरू हेरेको हेऱ्‍यै भए। स्वैच्छिक श्रम तथा सहयोग गर्ने भावना भएका मानिसहरू एक जुट हुँदा कति धेरै परिवर्तन र सकारात्मक कार्य गर्न सकिंदो रहेछ भनेर धेरैले सोचे होलान्‌। त्यो राज्य भवन, फलदायी प्रयासको गौरवशाली प्रतीक हो।”

निर्माण क्षेत्रमा आउने सयौं आगन्तुकहरूमध्ये एक महानुभावले भने, तिनको धार्मिक समुदायको सदस्यता संख्या घटेको हुँदा तिनीहरू चर्चहरू बिक्री गर्छन्‌ तर साक्षीहरू चाहिं “चर्चहरू” निर्माण गर्दैछन्‌। तिनी यसो भन्‍न हिचकिचाएनन्‌, “तपाईंहरूले अर्को बाह्र महिना पर्खनुभएको भए हाम्रा चर्चहरूमध्ये एउटा किन्‍न सक्नुहुन्थ्यो। हामी त बेच्न बाध्य छौं किनभने खर्च टार्न हामीलाई धौ-धौ परिरहेको छ। तर, मलाई थाह छ तपाईंहरूकहाँ तलब लिएर काम गर्ने पादरीवर्ग त छैन। . . . अनि तपाईंका भवनहरू मर्मत गर्न त्यति धेरै खर्च पनि लाग्दैन किनभने हाम्रा चर्चका गजुरहरूजस्तो मर्मत गर्नै असम्भव हुने गरी ती अग्ला छैनन्‌।”

स्पष्ट छ, टापुहरूले पनि परमेश्‍वरको अवश्‍य प्रशंसा गर्नसक्छन्‌। यस प्रशान्त महासागरीय मुलुकलगायत विश्‍वभरि यहोवाको प्रशंसा गुञ्जायमान भइरहोस्‌!

[पृष्ठ ९-मा भएको पेटी]

देशको तथ्यांक

१९९४ सेवा वर्ष

साक्षी दिनेहरूको शिखर संख्या: १२,८६७

अनुपात: १ साक्षीले २७१

स्मरणार्थ उत्सवमा उपस्थिति: २४,४३६

औसत अग्रगामी प्रकाशकहरू: १,३८६

औसत बाइबल अध्ययनहरू: ७,५१९

बप्तिस्माप्राप्त संख्या: ५६८

मण्डलीहरूको संख्या: १५८

शाखा कार्यालय: मानुरेवा

[पृष्ठ ९-मा भएको चित्र]

सन्‌ १९३० तिर प्रचार गर्ने तरखरमा अग्रगामीहरू

[पृष्ठ ९-मा भएको चित्र]

मानुरेवास्थित शाखा कार्यालयका भवनहरू

[पृष्ठ ९-मा भएको चित्र]

डेभनपोर्ट, अकल्याण्डमा राज्य समाचार प्रचार गर्दै

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने