प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w95 ११/१५ पृ. २०
  • सन्तानोत्पादन र युद्धका देवीहरू

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • सन्तानोत्पादन र युद्धका देवीहरू
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९५
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९५
w95 ११/१५ पृ. २०

सन्तानोत्पादन र युद्धका देवीहरू

एब्ल, सिरियामा गरिएको पुरातात्त्विक उत्खननको दौडान सन्तानोत्पादन र युद्धकी बेबिलोनी देवी, इश्‍तारको मूर्ति भेटियो। पुरातत्त्वविद्‌ पावलो मत्ति यसलाई यसरी वर्णन गर्छन्‌, “त्यो बेलना आकारको छापजस्तो छ। त्यसमा देखाइएको गूटको चित्रमा एउटी अगमवादिनी एक देवको सामु उभिएकी छे . . . त्यस मूर्तिको टाउको एउटा अग्लो वस्तुसित जडिएको छ।”

यो मूर्ति पत्ता लाग्नु उल्लेखनीय छ किनभने त्यो सा.यु.पू. १८ औं शताब्दीको सुरुतिरको हो। मत्तिअनुसार लगभग २००० वर्षसम्म इश्‍तार देवीको उपासना गरिन्थ्यो भन्‍ने “निर्णायक प्रमाण” यसले प्रस्तुत गर्छ।

बेबिलोनमा इश्‍तारको उपासना प्रारम्भ भयो र त्यसपछिका शताब्दीहरूमा रोमी साम्राज्यभरि फैलियो। यहोवाले इस्राएलीहरूलाई प्रतिज्ञा गरिएको देशबाट झूटो धर्मसित सम्बन्धित एउटा चिनो पनि नछोड्‌न आज्ञा दिनुभएको थियो तर तिनीहरूले त्यसो गरेनन्‌। त्यसकारण अशेराको (इश्‍तारको कनानी प्रतिरूप) उपासना तिनीहरूको लागि पासोसरह भयो।—व्यवस्था ७:२, ५; न्यायकर्त्ता १०:६.

अहिले इश्‍तार र तिनकी प्रतिरूप अशेरा त छैनन्‌ तर तिनीहरूले प्रतिनिधित्व गर्ने दुर्गुनहरू अर्थात्‌ अनैतिकता र हिंसा जताततै छ। सन्तानोत्पादन र युद्धका देवीहरूको उपासना गर्ने ती पुरातन सभ्यताहरू आधुनिक सभ्यताभन्दा साँच्चै भिन्‍न छ र भनी प्रश्‍न गर्नु तर्कसंगत देखिन्छ।

[पृष्ठ २०-मा भएको चित्र]

टानिटलाई बच्चाहरूको बलिदान पनि चढाइन्थ्यो

[स्रोत]

Ralph Crane/Bardo Museum

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने