प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w95 ११/१५ पृ. ३१
  • “असमान हलोमा नजोतियौ”

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • “असमान हलोमा नजोतियौ”
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९५
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९५
w95 ११/१५ पृ. ३१

“असमान हलोमा नजोतियौ”

यहाँ देखाइका दुइटा गोरु निकै बलिया छन्‌। त्यसैले तिनीहरूले गह्रुंगो भारी सजिलै तान्‍नसक्छन्‌। तर मानि लिनुहोस्‌ एउटा गोरुको साटो गधा राखियो। गोरुभन्दा गधा सानो तथा कमजोर हुने भएकोले सम्भवतः असजिलो हुनेछ र त्यसले डन्डामा लात हानिरहनेछ। अतः राम्रै कारणको लागि परमेश्‍वरले इस्राएललाई दिनुभएको व्यवस्थामा यसो भनिएको थियो: “गोरु र गधासँगै नारेर जोत्नुहुँदैन।”—व्यवस्था २२:१०.

प्रेरित पावलले मानिसहरूको सन्दर्भमा पनि त्यस्तै कुरा लेखे। तिनले भने: “विश्‍वास नगर्नेहरूसँग समान भएर एउटै हलोमा नजोतियौ।” (२ कोरिन्थी ६:१४) यो विशेषगरि विवाह गर्न जोडी छान्दा ध्यान दिनुपर्छ। विवाह एउटा स्थायी बन्धन हो किनभने येशू ख्रीष्टले यसो भन्‍नुभयो: “परमेश्‍वरले जसलाई एक साथ जोड़नुभएको छ, त्यसलाई मानिसले नछुट्याओस्‌।” (मत्ती १९:६) विवाहित दम्पतीको एउटै धार्मिक विश्‍वास, सिद्धान्त तथा लक्ष्यहरू नहुँदा निकै दुःख हुन्छ। तसर्थ “प्रमुमा मात्र” विवाह गर्ने बाइबलको सल्लाह पालन गर्नु व्यवहारिक छ। (१ कोरिन्थी ७:३९) तपाईंको जस्तै धार्मिक विश्‍वास नभएको व्यक्‍तिसित विवाह गर्दा गोरु र गधा सँगै जोत्दाभन्दा धेरै समस्याहरू हुन्छन्‌।

धार्मिक विश्‍वासमा भिन्‍नता, असमान हलोमा जोतिनसक्ने एउटा कारण मात्रै हो। एउटै विश्‍वासका सम्भाव्य जोडीहरूले समेत यी प्रश्‍नहरू गर्नु बेस हुनेछ, ‘के हाम्रा लक्ष्यहरू एउटै छन्‌? हामी विवाहपश्‍चात्‌ कहाँ बस्नेछौं? पैसा कसले सँभाल्नेछ? के हामी दुवैले जागिर खाने हो? छोराछोरी नि? के हाम्रो वैवाहिक सम्बन्धमा दयामाया र अरूको ख्याल राख्ने मनोभाव हुनेछ?’

यस्ता विवादहरू कसरी सँभालिन्छ, त्यसले पनि केही हदसम्म त्यो जुवा समान हो या होइन भनेर छुट्याउन मदत दिन्छ। निस्सन्देह, कुनै दुइ व्यक्‍ति हरेक कुरामा पूर्णतया एकरूप हुँदैनन्‌। तथापि, समष्टिगत तवरमा भन्‍ने हो भने, विवाह गर्ने उद्देश्‍यले एकअर्कासित चिनजान बढाइरहेको जोडीले समस्याहरू एकसाथ सामना गरेर समाधान गर्नसक्छन्‌ र एकअर्कासित बिना रोकटोक कुराकानी गर्नसक्छन्‌ भने सम्भवतः तिनीहरू असमान हलोमा जोतिनेछैनन्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने