प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w96 १/१५ पृ. ३०
  • कानुनी उपलब्धि

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • कानुनी उपलब्धि
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९६
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९६
w96 १/१५ पृ. ३०

कानुनी उपलब्धि

अप्रिल, १९९५ मा महत्त्वपूर्ण मुद्दा जितियो। यो मुद्दा जनवरी २८, १९९२ मा २४ वर्षीय लुस निरेडा असिभिडो क्विलसलाई वैकल्पिक शल्य चिकित्साको लागि पोर्टो रिकोको एल बुएन पास्टर हस्पिटलमा भर्ना गरिएपछि सुरु भएको थियो। तिनले भर्ना हुँदा नै आफू यहोवाको साक्षी भएकोले रक्‍तक्षेपण नलिने कुरा मौखिक र लिखित दुवै तवरमा बताएकी थिइन्‌। (प्रेरित १५:२८, २९) तिनको उपचार गर्ने चिकित्सकलगायत अस्पतालका कर्मचारीहरूलाई तिनको इच्छा राम्ररी थाह थियो।

शल्य चिकित्सा भएको दुइ दिनपछि अत्यधिक रक्‍तस्रावको कारण तिनको शरीरमा रगत एकदमै कम्ती भयो। अब तिनलाई बचाउने एउटै उपाय रक्‍तक्षेपण मात्र हो भनी तिनको उपचार गर्ने चिकित्सक डा. होसे रथरिगेथ रथरिगेथलाई विश्‍वास भयो। तसर्थ, तिनले लुसलाई थाहै नदिई रक्‍तक्षेपण गर्न अदालतबाट आदेश मागे।

लुस पूर्ण होशमा र आफ्नो पक्ष लिएर बोल्नसक्ने अवस्थामा थिइन्‌। तैपनि आपत्‌कालीन स्थिति भएकोले कसैको राय लिने समय थिएन भनेर डा. रथरिगेथ रथरिगेथले जोर दिए। जिल्ला वकिल, एडवार्डो पेरेथ सोटोले फाराममा सही गरे अनि माननीय जिल्ला न्यायाधीश आंकेल लुइस रथरिगेथ रामसले रक्‍तक्षेपण गर्ने अदालती आदेश दिए।

तब, जनवरी ३१, १९९२ को दिन लुसलाई शल्य चिकित्सा गर्ने कोठामा लगेर रक्‍तक्षेपण गरियो। रक्‍तक्षेपणको दौडान तिनले अस्पतालका केही कर्मचारीहरू हाँसेका सुने। अरूले चाहिं यो तिनकै भलाइको लागि गरेको हो भनेर हप्काए। तिनले सकेसम्म विरोध गरिन्‌ तर सब व्यर्थ भए। दिनभरिमा लुसलाई चार युनिट रगत दिइसकेको थियो।

लुसको यो घटना, यहोवाका साक्षीहरूलाई पोर्टो रिकोमा रक्‍तक्षेपण गरिएको प्रथम घटना थिएन। नता अन्तिम नै थियो। तिनको अनुभव अगावै यहोवाका वयस्क साक्षीहरूको इच्छा विरुद्ध रक्‍तक्षेपण गर्न अदालतले कम्तीमा पनि १५ वटा आदेशहरू दिएको थियो र त्यहाँदेखि यता थुप्रै दिएका छन्‌। दुःखको कुरा, यस्तै एउटा मामिलामा अदालतको आदेश लिएर बिरामी बेहोश हुँदा तिनलाई रक्‍तक्षेपण गरियो।

तथापि, लुसको संघर्ष शल्य चिकित्सा गर्ने कोठाभित्र मात्र सीमित रहेन। तिनले अक्टोबर १९९३ मा पोर्टो रिको राष्ट्रमण्डल विरुद्ध मुद्दा दायर गरिन्‌। यो मुद्दालाई उच्च अदालतले लियो र अप्रिल १८, १९९५ मा तिनको पक्षमा फैसला सुनाइयो। यसरी तिनलाई रक्‍तक्षेपण गर्ने आदेश दिनु “असंवैधानिक र सही कानुनी प्रक्रियाबिना तिनको धार्मिक स्वतन्त्रताको अधिकार खोस्नु हो। अनि तिनलाई निजी मामिला र आफ्नो शरीरबारे गर्न पाउने आत्मनिर्णयबाट वञ्चित गर्नु” हो भनेर अदालतले बयान गऱ्‍यो।

यो निर्णय उल्लेखनीय थियो। किनकि पोर्टो रिकोको अदालतले रक्‍तक्षेपणको मामिलामा यहोवाका साक्षीहरूको पक्षमा सुनाएको यो पहिलो निर्णय हो। यो न्यायको अति ठूलो प्रतिक्रिया भयो। पत्रकार सम्मेलनको आयोजना गरियो। र त्यहाँ प्रमुख समाचारपत्र, रेडियो तथा टेलिभिजनका पत्रकारहरू उपस्थित थिए।

त्यसै रात, रेडियोबाट लुसका वकिलहरूमध्ये एकसित लिइएको अन्तरवार्ता सुनाइयो। श्रोतागणलाई यससम्बन्धी फोन गर्न र प्रश्‍न गर्न आमन्त्रित गरियो। धेरै चिकित्सक र वकिलहरूले यो घटनाको पक्षमा बोलेर सकारात्मक प्रतिक्रिया व्यक्‍त गरे। बोल्नेमध्ये एकले यसरी भने: “रक्‍तक्षेपणले जीवन बचाउँछ भनेर विज्ञानले निश्‍चित गर्न सकेको छैन, अनि त्यसले जीवन बचाउँछ भनेर सोच्नु गलत धारणा हो।” तिनले यसो पनि भने: “चाँडै, रक्‍तक्षेपण आधुनिक उपचारको सबैभन्दा ठूलो गलत पद्दति र त्रुटि हो भनेर इतिहासमा लेखिनेछ।”

पछि, अति सम्माननीय कानुन प्राध्यापकले वाच टावर सोसाइटीको शाखा कार्यालयमा फोन गरे र त्यस विजयलाई “उल्लेखनीय विजय”-को संज्ञा दिंदै गहिरो सन्तुष्टि व्यक्‍त गरे। तिनले अझ यसो भने, अदालतले संवैधानिक अधिकारको समर्थनमा गरेको निर्णय यहोवाका साक्षीहरूको लागि मात्र होइन तर पोर्टो रिकोका सम्पूर्ण नागरिकहरूको लागि हो।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने