प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w96 ३/१ पृ. ३२
  • तिमीहरूको ज्योति चम्कोस्‌!

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • तिमीहरूको ज्योति चम्कोस्‌!
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९६
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९६
w96 ३/१ पृ. ३२

तिमीहरूको ज्योति चम्कोस्‌!

अन्ततः यस वृद्ध पुरुषले प्रतिज्ञा गरिएको मसीह देख्न पाए! ‘यहोवाका ख्रीष्टलाई नदेखेसम्म आफू मर्नेछैन’ भनी शिमियोनलाई ईश्‍वरीय प्रकटीकरणद्वारा थाह थियो। (लूका २:२६) शिमियोन मन्दिरमा प्रवेश गर्दा मरियम र यूसुफले बालक येशू तिनको काखमा राखिदिंदा तिनी कति रोमाञ्चित भए होलान्‌! तिनले परमेश्‍वरको प्रशंसा गर्दै यसो भने: “अब हे परमप्रभु, . . . तपाईंले आफ्नो दासलाई शान्तिसँग बिदा गर्नुहोस्‌। किनकि मेरो आँखाले तपाईंको उद्धार देखेको छ . . . अन्यजातिहरूलाई प्रकाशको निम्ति, र तपाईंको जाति इस्राएलको महिमाको निम्ति ज्योति।”—लूका २:२७-३२; तुलना गर्नुहोस्‌ यशैया ४२:१-६.

येशूले ३० वर्षको उमेरमा बप्तिस्मा लिनु भएदेखि मृत्युसम्मै आफूलाई संसारको “ज्योति” प्रमाणित गर्नुभयो। कुन कुन तरिकामा? येशूले परमेश्‍वरको राज्य र उहाँका उद्देश्‍यहरूबारे प्रचार गर्नुभएर आध्यात्मिक ज्योति फैलाउनुभयो। उहाँले झूटा धार्मिक शिक्षाहरू पनि पर्दाफास गर्नुभयो र अन्धकारका कार्यहरूलाई स्पष्टसित चिनाउनुभयो। (मत्ती १५:३-९; गलाती ५:१९-२१) तसर्थ, येशूले औचित्यपूर्वक यसो भन्‍न सक्नुभयो: “म संसारको ज्योति हुँ।”—यूहन्‍ना ८:१२.

येशू सा.यु. ३३ मा मर्नुभयो। के त्यसपछि ज्योति निभ्यो? पटक्कै निभेन! पृथ्वीमै हुनुहुँदा येशूले आफ्ना चेलाहरूलाई यसो भन्‍नुभयो: “तिमीहरूको ज्योति मानिसहरूका सामु चम्कोस्‌।” (मत्ती ५:१६) यस वचनअनुरूप येशूको मृत्युपछि उहाँका अनुयायीहरूले ज्योति चम्काइरहे।

येशूको अनुकरण गर्दै आज मसीहीहरूले प्रचार कार्यमा भाग लिएर यहोवाको ज्योति प्रतिबिम्बित गर्छन्‌। तिनीहरू आफूलाई मसीही जीवनका चम्किला नमुनाहरू साबित गर्दै “ज्योतिका सन्तानझैं हिंड़डुल” गर्छन्‌।—एफिसी ५:८.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने