प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w96 ४/१ पृ. ३२
  • “तिमीहरूलाई धीरजको आवश्‍यकता छ”

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • “तिमीहरूलाई धीरजको आवश्‍यकता छ”
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९६
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९६
w96 ४/१ पृ. ३२

“तिमीहरूलाई धीरजको आवश्‍यकता छ”

“प्रतिज्ञाको फल” प्राप्त गर्न हामीलाई “धीरजको आवश्‍यकता छ।” (हिब्रू १०:३६) एक बाइबलविद्‌अनुसार प्रेरित पावलले उक्‍त पदमा चलाएको युनानी शब्द “धीरज[लाई]” कहिलेकाहीं “कठिन अनि प्रतिकूल हावापानीको बावजूद बाँच्नसक्ने बिरुवाको क्षमता” वर्णन गर्न चलाइन्थ्यो।

युरोपेली पर्वतहरूमा त्यस्ता बिरुवाहरू पाइन्छन्‌। अनौठो कुरा के छ भने, ती बिरुवाहरूलाई मानिसहरूले चिरञ्जीवी भन्‍ने संज्ञा दिएका छन्‌। पर्वतमा उम्रने यी बिरुवा अवश्‍य चिरञ्जीवी हुँदैनन्‌ तर वर्षौंसम्म हरेक ग्रीष्म ऋतुमा त्यसले असाध्यै सुन्दर फूलहरू फुलाउँछ। द न्यु इनसाइक्लोपीडिया ब्रिटानिका-अनुसार कठिनभन्दा कठिन परिस्थितिमा पनि “टिक्ने” भएकोले त्यसलाई चिरञ्जीवी भन्‍ने नाउँ दिइएको हो। (यो जातका बिरुवाहरूको वैज्ञानिक नाउँ सेम्परभियम हो र त्यसको अर्थ पनि “चिरञ्जीवी” नै हुन्छ।)

यो बिरुवा असाध्यै प्रतिकूल ठाउँहरूमा समेत उम्रने भएकोले यसको टिकाउपन उल्लेखनीय छ। बतास चलिरहने अनि २४ घण्टाभित्र ३५ डिग्री सेल्सियस तापक्रम घटबढ हुन सक्ने अग्ला भीरहरूमा समेत यो बिरुवा पाउन सकिन्छ। चट्टानका चिराहरूको एक चिम्टी माटोमा पनि यसले जरा गाड्‌नसक्छ। कुन विशेषताहरूले गर्दा प्रतिकूल ठाउँहरूमा समेत यो बिरुवा उम्रन्छ त?

यो चिरञ्जीवी बिरुवाका रसिला पातहरूमा पानी संचय गर्ने क्षमता हुन्छ। अतः पानी पर्दा वा हिउँ पग्लँदा त्यसले पातमा प्रशस्त पानी थुपार्छ। साथै यो बिरुवा झाँगिन्छ। यसले गर्दा चट्टानमा समेत त्यो राम्ररी पक्रेर बस्नसक्छ। अनि चट्टानका चिराहरूमा एक चिम्टी माटो किन नहोस्‌, त्यस्ता ठाउँहरूमा पनि यसले जरा गाड्‌नसक्ने हुँदा हावापानीमा आमूल परिवर्तन भए पनि यसलाई केही असर पर्दैन। अर्को शब्दमा भन्‍ने हो भने, परिस्थिति कठिनै भए पनि त्यसको फाइदा उठाएर यो बिरुवा फस्टाउँछ।

आध्यात्मिक तवरमा हेर्ने हो भने, हामी पनि हाम्रो धीरजको जाँच हुनसक्ने परीक्षाहरूमा पर्नसक्छौं। त्यस बेला कुन कुराले हामीलाई धैर्य धारण गर्न मदत दिनेछ? त्यो चिरञ्जीवी बिरुवाले जस्तै हामी पनि परमेश्‍वरको वचनको जीवनदायी पानी संचय गर्नसक्छौं अनि सहारा र सुरक्षाका लागि साँचो मसीहीहरूसित घनिष्ठ संगत गर्नसक्छौं। तर सबैभन्दा मुख्य कुरा, त्यो पर्वतीय बिरुवाजस्तै हामी पनि हाम्रो “चट्टान” यहोवाका साथै उहाँको वचन तथा संगठनसित बलियोसित टाँसिनुपर्छ।—२ शमूएल २२:३.

निस्सन्देह, आफूसँग जे छ, त्यसको फाइदा उठायौं भने कठिन परिस्थितिमा समेत धैर्य धारण गर्नसक्छौं भन्‍ने कुरालाई त्यो सुन्दर चिरञ्जीवी बिरुवाले सम्झना गराउँछ। अनि त्यस्तो धीरज धर्नेहरू “प्रतिज्ञाका हकदार” हुनेछन्‌ अर्थात्‌ साँच्चै सधैंभरि बाँच्नेछन्‌ भनेर यहोवाले आश्‍वासन दिनुहुन्छ।—हिब्रू ६:१२; मत्ती २५:४६.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने