प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w96 ५/१ पृ. ३-४
  • परमेश्‍वर, सांसारिक राज्य अनि तपाईं

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • परमेश्‍वर, सांसारिक राज्य अनि तपाईं
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९६
  • मिल्दोजुल्दो सामग्री
  • प्रारम्भिक मसीही धर्म र सांसारिक राज्य
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९६
  • परमेश्‍वर र सिजर
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९६
  • के ‘साँचो चर्च’ एउटै मात्र छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००३
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९६
w96 ५/१ पृ. ३-४

परमेश्‍वर, सांसारिक राज्य अनि तपाईं

“आयरलैन्डमा पारपाचुकेबारे जनमत संग्रह गर्न चर्च र राज्यबीच टक्कर”

आज मानिसहरू राज्यको आज्ञा पालन गर्ने वा चर्चको शिक्षालाई अंगाल्ने भन्‍ने दोसाँधमा पर्नसक्ने स्थितिलाई द न्यु योर्क टाइम्स-मा छापिएको उपरोक्‍त मुख्य समाचारले छर्लंग पार्छ।

त्यस लेखले बतायो: “अधिकांश रोमन क्याथोलिक भएको देश आयरलैन्डमा झन्डै एक महिनाअघि पारपाचुकेमाथिको संवैधानिक प्रतिबन्ध हटाउने या नहटाउने विषयमा जनमत संग्रह गर्ने सरकारी नेता र चर्चका नेताहरूबीच नौलो मतभेद देखिंदैछ।” राज्यले पारपाचुकेमाथिको प्रतिबन्ध हटाउने प्रस्ताव राख्यो भने अर्कोतिर रोमन क्याथोलिक चर्चले पारपाचुके र पुनर्विवाहको घोर विरोध गर्छ। आइरिस क्याथोलिकहरूले चर्च र राज्यमध्ये एकको छनौट गर्नुपऱ्‍यो। अन्ततः चर्चले भन्दा केही मात्र बढी जनमत प्राप्त गरेर राज्यको जीत भयो।

अति नाटकीय ढंगमा धेरै वर्षदेखि उत्तरी आयरलैन्डका मानिसहरूले राष्ट्रिय सार्वभौमिकताबारे तीव्र विवादको सामना गरिरहेका छन्‌। धेरैको हत्या भएको छ। उत्तरी आयरलैन्डमा सत्तासीन बेलाइती सरकार वा सम्पूर्ण आयरलैन्डको केन्द्रीय सरकार यी दुइ सरकारमध्ये कुनप्रति अधीनता स्वीकार्नुपर्ने भनेर रोमन क्याथोलिक र प्रोटेस्टेन्टहरूले विरोधाभासपूर्ण दृष्टिकोण राखेका छन्‌।

त्यस्तैप्रकार युगोस्लाभियाको सत्तासीन अख्तियारवालाहरूले क्याथोलिक र अर्थोडक्सलगायत विभिन्‍न धर्मका सदस्यहरूलाई क्षेत्रको लागि युद्धमा होम्न चाहेका छन्‌। सामान्य नागरिकहरूको प्रथम नैतिक दायित्व के थियो? तिनीहरूले राज्यका प्रतिनिधिहरू हौं भनी दाबी गर्नेहरूका कुरा मान्‍नुपर्थ्यो वा “तैंले हत्या नगर . . . तैंले आफ्नो छिमेकीलाई आफूलाई जस्तै प्रेम गर” भन्‍ने परमेश्‍वरको आज्ञा पालन गर्नुपर्थ्यो?—रोमी १३:९.

तपाईं सोच्नुहोला, यसप्रकारको परिस्थितिले मलाई कहिल्यै असर गर्नसक्दैन। तर यसले असर गर्नसक्छ। भनौं भने, अहिल्यै यसबारे तपाईं चिन्तित हुनुपर्ने अवस्था आउनसक्छ। आफ्नो पुस्तक नयाँ नियममा सांसारिक राज्य-मा (अंग्रेजी) धर्मविद्‌ ओस्कार कुलम्यानले “तानाशाही सरकारहरूले धम्की दिंदा आधुनिक मसीहीहरूले जीवन-मरणको निर्णय गर्नुपर्ने दुःखलाग्दो स्थिति भोग्नुपर्छ वा भोग्नसक्छन्‌” भनेर लेखे। तथापि, “तथाकथित ‘सामान्य’ जीवन बिताउने मसीहीलगायत प्रत्येक मसीहीले सामना गर्नुपर्ने त्यतिकै वास्तविक अनि महत्त्वपूर्ण जिम्मेवारीबारे” पनि तिनी बताउँछन्‌। “किनभने मसीही भएकोले गर्दा उसले एउटा गम्भीर समस्याको सामना गरेर त्यसको जवाफ दिनुपर्छ।”

त्यसोभए, के आज मसीहीहरूले धर्म र राज्यबीचको सम्बन्धलाई ध्यान दिनुपर्छ? अवश्‍यै पर्छ। प्राचीन समयदेखि मसीहीहरूले सांसारिक अख्तियारवालाहरूप्रति सन्तुलित दृष्टिकोण राख्ने चेष्टा गर्दै आएका छन्‌। तिनीहरूका गुरु येशू ख्रीष्टलाई रोमी राज्यले न्याय गऱ्‍यो, उहाँको निन्दा गरियो र रोमी राज्यको हातबाट उहाँलाई मृत्युदण्ड दिइयो। उहाँका चेलाहरूले रोमी साम्राज्यप्रतिको कर्तव्य र मसीही दायित्वबीच सन्तुलन कायम गर्नुपऱ्‍यो। आफ्नो कर्तव्य पूरा गरेर मसीही दायित्वलाई समानतामा राख्नुपऱ्‍यो। तसर्थ, अख्तियारवालाहरूसित तिनीहरूको सम्बन्धलाई पुनरावलोकन गर्दा आजका मसीहीहरूले निर्देशन प्राप्त गर्छन्‌।

[पृष्ठ ३-मा भएको चित्रको स्रोत]

Tom Haley/Sipa Press

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने