प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w96 ८/१ पृ. ३२
  • “कतै यो सपना त होइन?”

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • “कतै यो सपना त होइन?”
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९६
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९६
w96 ८/१ पृ. ३२

“कतै यो सपना त होइन?”

सन्‌ १९९५ को ग्रीष्म ऋतुमा सम्पन्‍न यहोवाका साक्षीहरूको ऐतिहासिक “आनन्दित प्रशंसकहरू” जिल्ला अधिवेशनबारे मलावीबाट निम्न रिपोर्ट प्राप्त भएको छ।

“मूल सडकको छेउमा, मलावी तालको पश्‍चिमी किनाराको बीचतिर २९ वर्षपछि एउटा संकेतपाटी राखिएको छ। त्यसमा यसो भनिएको छ, ‘यहोवाका साक्षीहरूको जिल्ला अधिवेशन।’

“उक्‍त संकेतपाटीको छेऊमा एउटा ठूलो ट्रक बिसाएको छ र मजुजु शहरबाट आएका २०० प्रतिनिधिहरू ट्रकबाट ओर्लिरहेका छन्‌। अन्य इलाकाबाट आएका ३,००० भाइबहिनीहरूसित सामेल हुन तिनीहरूले कपडा, सिरक, भाँडाकुडा, बाल्टिन, खानेकुरा, दाउरा र बाइबलहरूको थाक ल्याएका छन्‌।

“ट्रकबाट ओर्लिरहेका भाइहरूलाई अभिवादन गरूञ्जेल ६३ वर्षीय जर्ज चिकाको बालुवामा आफ्नो साइकल ठेल्दै त्यहाँ आइपुग्छन्‌। तिनले नकोटाकोटाबाट साइकल यात्रा गरेको दुइ दिन भइसक्यो। भाइ चिकाकोले बाइबल सिद्धान्तहरू सम्झौता गर्न इन्कार गरेकाले वर्षौंको दौडान चार चोटि जेल सजाय खप्नु पऱ्‍यो। झ्यालखानाको पिटाइले तिनको नातेदारको पनि मृत्यु भयो। भाइ चिकाको सोध्छन्‌, ‘कतै यो सपना त होइन? उज्यालैमा यो अधिवेशन सम्पन्‍न हुँदैछ र यी मानिसहरूले परमेश्‍वरको राज्य गीतहरू चर्को स्वरले गाइरहेका छन्‌! त्यति धेरै वर्षहरूसम्म हामी राती अँध्यारोमा भेला हुन्थ्यौं, परमेश्‍वरको राज्य गीतहरू गुनगुनाउँथ्यौं र सराहना व्यक्‍त गर्न केवल हात रगड्‌थ्यौं। अहिले हामी खुलेआम भेला भइरहेका छौं र थोरै मात्र छौं भनी सोचेकाहरूले यति धेरैलाई देख्न पाउँदा छक्कै परेका छन्‌!’

“अधिवेशन क्षेत्रलाई घाँसले बार्नुका साथै छहारीको लागि नर्कटको छत लगाइएको छ। प्रतिनिधिहरूको आवासका लागि घाँसका स-साना झोपडीहरू र खुला मैदानमा शयनकक्षहरू बनाइए। राती आकाश सुमधुर आवाजहरूले गुञ्जायमान छन्‌, सतावटको डरले लरबराएका छैनन्‌।

“यस अधिवेशनको विषय ‘आनन्दित प्रशंसकहरू’ हुनु कति उपयुक्‍त छ!”

[स्रोत]

Mountain High Maps® सर्वाधिकार © 1995 Digital Wisdom, Inc.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने