प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w96 ८/१५ पृ. २-३
  • प्रतिज्ञा गरिएको देशको भ्रमण

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • प्रतिज्ञा गरिएको देशको भ्रमण
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९६
  • मिल्दोजुल्दो सामग्री
  • ‘आ-आफ्ना कुलको निम्ति देशको जमिन भागबन्डा गर’
    यहोवाको शुद्ध उपासना—आखिरमा पुनर्स्थापित हुन्छ!
  • प्रमोदवन—तपाईंको लागि?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००४
  • प्रतिज्ञा गरिएको देशबाट सिक्न सकिने व्यवहारिक पाठहरू
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९६
  • “नम्रहरूले पृथ्वी अधिकार गर्नेछन्‌”—कसरी?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००४
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९६
w96 ८/१५ पृ. २-३

प्रतिज्ञा गरिएको देशको भ्रमण

मानौं, तपाईंको साथीले तपाईंलाई सुन्दर र शान्त वातावरण भएको ठाउँमा एउटा नयाँ घर उपहारस्वरूप किनिदिएको छु भन्यो। ‘त्यो घर कस्तो होला?’ भनेर तपाईंलाई कौतूहल जाग्न थाल्छ। निस्सन्देह, तपाईं आफै नै गएर त्यो घर हेर्न र त्यसका हरेक कोठाहरू चहार्न उत्सुक हुनुहुनेछ। आखिर, त्यो तपाईंकै नयाँ घर हो!

यहोवाले सा.यु.पू. १४७३ मा पुरातन इस्राएल राष्ट्रलाई एउटा नयाँ घर अर्थात्‌ प्रतिज्ञा गरिएको देश दिनुभयो। त्यस सानो इलाकाको नाप सालाखाला उत्तरदेखि दक्षिणसम्म ५०० किलोमिटर लामो र चौडाइ ५५ किलोमिटर थियो।a फरटाइल क्रेसेन्ट (उर्वर अर्धचन्द्राकार) भनिने क्षेत्रमा अवस्थित प्रतिज्ञा गरिएको देश त्यसका अनुपम विशेषताहरूले गर्दा बसोबासको लागि रमणीय ठाउँ थियो।

तर धेरैअघि अरू कसैलाई दिइएको “घर”-मा तपाईंले आज किन चासो लिनुपर्छ? किनभने त्यस ऐतिहासिक देशको ज्ञानले बाइबल विवरणहरूप्रति तपाईंको मूल्यांकन बढाउनसक्छ। मरिसकेका प्राध्यापक योहानान आहरोनेले यस्तो लेखे, “बाइबल देशमा भूगोल र इतिहास एकअर्कोसित एकदमै जेलिएकोले एउटाको मदतबिना अर्कोलाई बुझ्नै सकिंदैन।” यसबाहेक, प्रतिज्ञा गरिएको देशको श्रेष्ठताको पराकाष्ठामा परमेश्‍वरको राज्यअन्तर्गत सारा पृथ्वीभरि चाँडै हुने प्रमोदवनले मानिसजातिको निम्ति कस्तो अर्थ राख्नेछ भनेर सानो नमुना प्रदान गऱ्‍यो!—यशैया ११:९.

येशू ख्रीष्टले आफ्नो पार्थिव सेवकाईको दौडान व्यवहारिक पाठहरू सिकाउन प्रतिज्ञा गरिएको देशका सामान्य दृश्‍यहरू चलाउनुभयो। (मत्ती १३:२४-३२; २५:३१-४६; लूका १३:६-९) हामीले पनि पुरातन पलिश्‍तीका केही विशेषताहरूलाई विचार गरेर व्यवहारिक ढंगमा धेरै कुराहरू सिक्नसक्छौं। आउनुहोस्‌, हामी निकै शताब्दीसम्म परमेश्‍वरका जनहरूको घररूपी त्यस देशका केही विशेषताहरू केलाउँदै कुनै कुनै कोठाहरू चहारौं। हामीले प्रतिज्ञा गरिएको देशबाट धेरै कुरा सिक्नसक्ने रहेछौं भनी देख्नेछौं।

[फुटनोट]

a बाइबलमा प्रस्तुत गरिएअनुरूप यी लेखहरूमा चलाइएको “प्रतिज्ञा गरिएको देश” भन्‍ने अभिव्यक्‍तिले पुरातन समयको घटनाहरूलाई देखाउँछ र त्यस प्रान्तमा वर्तमान समयको राजनैतिक/धार्मिक दाबीहरूसित यसको कुनै सरोकार छैन।

[पृष्ठ २-मा भएको चित्रको स्रोत]

Cover: Pictorial Archive (Near Eastern History) Est.

[पृष्ठ ३-मा भएको चित्रको स्रोत]

Garo Nalbandian

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने