प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w96 १०/१ पृ. ३२
  • हृदय छुने पत्रिका

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • हृदय छुने पत्रिका
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९६
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९६
w96 १०/१ पृ. ३२

हृदय छुने पत्रिका

जानकारी वा मनोरञ्जन चाहने पाठकहरूको भोक मेटाउन संसारभरि अनगिन्ती पत्रिकाहरू प्रकाशित हुन्छन्‌।

तर तपाईंको हातमा भएको पत्रिका किन विशेष प्रकारको छ? वाच टावर सोसाइटीको जर्मनी शाखा कार्यालयले प्राप्त गरेको निम्न पत्रले त्यसको जवाफ दिनसक्ला:

“प्रिय भाइहरू, तपाईंहरूको प्रयास र कार्यको लागि मुरीमुरी धन्यवाद। मेरा दुइ छोराहरू र म सभाबाट फर्किंदा बेलुकाको ९:३० बजेको भए तापनि मलाई नवीनतम प्रहरीधरहरा-को [श्रव्यक्यासेट] नसुनी भएन। भाँडा माझ्दै गर्दा मैले पहिलो अध्ययन लेख सुन्‍न थालें (अप्रिल १, ११९५)। फेरि एक चोटि सुन्‍नु पऱ्‍यो भनेर मैले भान्सा कोठामा आफ्नो काम बन्द गरेर [“तपाईं परमेश्‍वरको नजरमा मूल्यवान हुनुहुन्छ!”] लेख श्रव्यक्यासेटसँगसँगै पढें। विशेषगरि, चौथो र पाँचौं अनुच्छेदहरूले मेरो हृदय छोयो। अनि केही क्षणसम्म आँसु बरबर झर्न थाल्यो। म जीवित भएकोमा, उहाँका जनहरूसित हुन पाएकोमा र अरू थुप्रैले जस्तै मैले पनि उहाँको नाउँ अरूलाई बताउन पाएकोमा म यहोवाप्रति आभारी छु। साँच्चै आफूलाई निकम्मा ठान्‍नुपर्ने कुनै कारण छैन। यहोवाको आत्मा उहाँका जनहरूसित छ। हामी सबै एकताबद्ध भएर धैर्य धारण गरौं र विश्‍वासमा अडिग रहौं। मसीही स्नेहसहित, विश्‍वासमा रहेकी तपाईंकी बहिनी।”

प्रहरीधरहरा-ले जानकारी मात्रै दिंदैन। यसले पाठकहरूको हृदय छुन्छ र आध्यात्मिक पौष्टिक आहार तथा सामयिक प्रोत्साहन पाउने तिनीहरूको इच्छालाई तृप्त पार्छ। हो, प्रहरीधरहरा-ले “ठीक ठीक समयमा खा[ना]” उपलब्ध गर्छ।—मत्ती २४:४५.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने