“यहोवाबाट उत्तम वरदान”
मे १, १९९६ को प्रहरीधरहरा-मा मसीही तटस्थता तथा यहोवा र “सिजर[प्रति]” हाम्रा जिम्मेवारीलाई सन्तुलित गर्ने सन्दर्भमा गहिरो छलफल गरिएको थियो। (मत्ती २२:२१) त्यहाँ प्रदान गरिएको नयाँ जानकारीको लागि मूल्यांकनका थुप्रै अभिव्यक्तिहरू सुनिए। त्यसमध्ये ग्रीसका साक्षीले यहोवाका साक्षीहरूको परिचालक निकायलाई लेखेको निम्न पत्र पनि एउटा हो:
“हामीलाई आध्यात्मिक तवरमा असाध्यै राम्रोसित भरणपोषण गर्नुभएकोमा तपाईं प्रिय भाइहरूलाई भित्री हृदयदेखि कृतज्ञता व्यक्त गर्न चाहन्छु। मसीही विश्वासको कारण झ्यालखानामा लगभग नौ वर्ष बिताइसकेको हुँदा मे १, १९९६ प्रहरीधरहरा-को उत्तम जानकारीको म साँच्चै मूल्यांकन गर्छु। (यशैया २:४) यहोवाबाट यो एउटा उत्तम वरदान थियो।—याकूब १:१७.
“ती लेखहरूको आनन्द उठाउँदै गर्दा मैले एउटा पुरानो प्रहरीधरहरा-को (अगस्त १, १९९४, पृष्ठ १४) टिप्पणी सम्झें: ‘स्पष्ट छ, व्यवहारिकता एउटा मूल्यवान् गुन हो। यही गुनले गर्दा हामी यहोवालाई झन् बढी प्रेम गर्न उत्प्रेरित हुन्छौं।’ साँच्चै, भाइहरू हो, यहोवाको बुद्धि स्पष्टसित झल्काउने मायालु तथा दयालु संगठनको भाग हुन पाएकोमा म उहाँलाई धन्यवाद चढाउँछु।—याकूब ३:१७.
“मे १ प्रहरीधरहरा-को थप ज्योतिलाई यहाँका भाइहरूले र विशेषगरि आफ्नो विश्वासको खातिर झ्यालखानामा कैयन् वर्ष बिताएका वा अझै झ्यालखानामै परिरहेकाहरूले असाध्यै मन पराएका छन्। फेरि एक चोटि तपाईंहरूलाई धन्यवाद छ। यी संकटग्रस्त समयमा हामीलाई मूल्यवान् आध्यात्मिक आहार प्रदान गर्न यहोवाको आत्माले तपाईंहरूलाई सदा सृदृढ पारून्।”