प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w97 १/१ पृ. ३२
  • युद्धको लागि को दोषी छ?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • युद्धको लागि को दोषी छ?
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९७
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९७
w97 १/१ पृ. ३२

युद्धको लागि को दोषी छ?

के मानवजातिले गरेक युद्धहरूमा परमेश्‍वर दोषी हुनुहुन्छ? “हुनुहुन्‍न, परमेश्‍वर युद्ध भएको चाहनुहुन्‍न।” यो थियो, दोस्रो विश्‍वयुद्ध अन्त भएको धेरै समय नबित्दै जर्मनीका चिरपरिचित प्रोटेस्टेन्ट पादरी, मार्टिन नेमोलरको जवाफ। उनका टिप्पणीहरू सन्‌ १९४६ मा प्रकाशित आक गट फम हिमएल जी डारीन-जेक्स प्रिडिक्टन (हे परमेश्‍वर! स्वर्गबाट हेर्नुहोस्‌—छ उपदेशहरू)a नामक पुस्तकमा प्रकाशित भयो। त्यो पुस्तक यसो भन्छ:

“परमेश्‍वरलाई [युद्धहरूको] दोषी ठहराउने मानिसलाई या त परमेश्‍वरको वचनबारे ज्ञानै छैन वा त्यसबारे ऊ जान्‍नै चाहँदैन। लगालग भइरहेका युद्धहरूमा हामी मसीहीहरू बढी दोषी छौं कि छैनौं निस्सन्देह, यो अर्कै प्रश्‍न हो। तर यो प्रश्‍नको जवाफ नदिइकन भने हामीले धरै पाउँदैनौं। . . . मसीही चर्चहरूले समयको दौडानमा बारम्बार युद्धहरूलाई समर्थन जनाउने, फौजहरू र हतियारहरूलाई आशिष्‌ दिनेजस्ता कामहरू राजीखुशीले गरे र तिनीहरूले आफ्ना शत्रुहरूका विनाशका लागि नसुहाउँदो तरिकामा प्रार्थना गरेको कुरा पनि सही हो। यी सबै कुराका लागि हामी र हाम्रा पितापुर्खाहरू नै दोषी छौं तर कुनै हालतमा पनि यसको दोषी परमेश्‍वर हुनुहुन्‍न। आज हामी मसीहीहरू बाइबल स्टुडेन्टस्‌ [यहोवाका साक्षीहरू] भनिने पन्थका अगाडि लज्जित छौं, जो लडाइँमा जान अनि अरूलाई मार्न इन्कार गरेका हुनाले नजरबन्द सिविरमा सयौं हजारौंको संख्यामा थुनिए र कतिपयको त त्यहीं मृत्यु पनि भयो।”

आज, दोस्रो विश्‍वयुद्धको लगभग ५० वर्षपछि पनि शान्तिप्रिय मानिसहरूलाई नेमोलरका वचनहरूले छाप पारेका छन्‌। साँच्चै, रक्‍तपातको लागि परमेश्‍वर दोषी हुनुहुन्‍न! बरु यस संसारका लडाइँहरूमा भाग नलिने आफ्ना साँचा उपासकहरू मार्फत सबै युद्धहरू चाँडै नै नामेट हुनेछन्‌ भनी परमेश्‍वरले घोषणा भने अवश्‍य गरिरहनुभएको छ।—भजन ४६:९; यूहन्‍ना १७:१६.

[फुटनोट]

a मार्टिन नेमोलरका उपदेशहरू पछि दोष र आशा शीर्षक अंग्रेजी पुस्तकमा प्रकाशित भयो। यस अंग्रेजी संस्मरण सुरुको जर्मन पुस्तकसँग फरक भएकोले यो उद्धरण सीधै जर्मनबाट अनुवाद गरिएको हो।

[पृष्ठ ३२-मा भएको चित्रको स्रोत]

USAF photo

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने