प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w97 १/१५ पृ. ३२
  • सबै दैवी प्रकटहरू?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • सबै दैवी प्रकटहरू?
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९७
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९७
w97 १/१५ पृ. ३२

सबै दैवी प्रकटहरू?

पवित्र बाइबल लेख्न प्रेरित गर्ने परमेश्‍वरको आत्माद्वारा नै पवित्र मानिने अरू पुस्तकहरू पनि लेखिएका हुन्‌? (२ तिमोथी ३:१६) यो प्रश्‍न “[भ्याटिकन] राज्य मन्त्रालयको रेखदेखमा” प्रकाशित इटालीको जेसुएट पत्रिकाले (ला शिभिल्टा क्याटोलिका) उठाएको थियो र त्यसैकारण क्याथोलिकहरूले कुनै कुराको निर्णय गर्नुपर्दा यसलाई आधार बनाए।

जेसुएट पत्रिकाले भन्यो, “परमेश्‍वरले पवित्र आत्माद्वारा गैरयहूदी र गैरमसीही परम्पराका पवित्र कहलाइएका केही पुस्तकहरूमा समेत वचनको बीउ छर्नुभयो। जेसुएटहरूको भनाइअनुसार जोरोस्ट्रियन एभेस्टाजस्ता “पवित्र” पुस्तकहरू वा कन्फ्युसियनका चार पुस्तकहरूमा “पवित्र आत्माको प्रभाव हुँदै नभएको होइन। तसर्थ, ती पुस्तकहरूमा केही हदसम्म ‘दैवी प्रकट’ छन्‌।”

तथापि, त्यस लेखले स्पष्टीकरण पनि दिएको छ। “यस्ता सबै पवित्र पुस्तकहरूमा परमेश्‍वरका वचनहरू छैनन्‌” भनेर त्यस लेखले भन्छ। यी पवित्र पुस्तकहरू लेख्नेहरूले आफू वरपरको “बहुदेववादी वा दार्शनिक वातावरणको प्रभाव आफूमा परेको” अनुभव गरेका होलान्‌ भनेर पनि त्यस लेखमा बताइएको छ। इटाली समाचारपत्र ला रेपब्लीका-का लागि भ्याटिकनको सम्वाददाता मार्को पलीटीको भनाइअनुसार, “यस विश्‍वासले क्याथोलिक चर्च र महान्‌ ऐतिहासिक धर्महरूबीच असम्भव देखिएका सम्बन्धहरूलाई सम्भव बनाउँछ।” यसो गर्न त्यस विश्‍वासले अन्तरविश्‍वास प्रार्थना सभाहरूको उद्देश्‍यहरूलाई पुनः लागू गऱ्‍यो। यस्तै एउटा प्रार्थना सभालाई सन्‌ १९८६ का दिन आसिसिमा जोन पल द्वितीयले बढावा दिए।

यहोवा गोलमालका परमेश्‍वर हुनुहुन्‍न। (१ कोरिन्थी १४:३३) तसर्थ, परमेश्‍वरको वचन बाइबलसित मेल नखाने कुनै पनि पुस्तकहरूको सानो अंशलाई समेत उहाँको पवित्र आत्मा वा सक्रिय शक्‍तिले प्रेरित गर्दैन भनेर सही निष्कर्षमा पुग्छौं। मसीही प्रेरित पावलले “सबै परम्पराहरू” एउटै हुन्‌ भनेर प्रोत्साहन दिनुको साटो “एउटै आशा . . . एउटै प्रभु, एउटै विश्‍वास, एउटै बप्तिस्मा” भनेर लेखे।—एफिसी ४:४, ५.

त्यो “एउटै आशा” येशू ख्रीष्टमाथि विश्‍वास गर्नुमा निर्भर छ। बाइबलले त्यही कुरासित मिल्दोगरि यसरी बताउँछ: “नता अरू कसैबाट मुक्‍ति छ, किनकि स्वर्गमनि मानिसहरूमा अर्को कुनै नाउँ दिइएको छैन, जसबाट हामीले उद्धार पाउनसक्छौं।” (प्रेरित ४:१२) अरू कुनै “पवित्र पुस्तकले” येशूलाई परमेश्‍वरका उद्देश्‍यहरू पूरा गर्ने मुख्य कर्ताको रूपमा प्रस्तुत गर्दैन। हामीले बाइबललाई परमेश्‍वरको वचन भनेर स्वीकाऱ्‍यौं भने मात्र यसले हामीलाई मुक्‍तिको लागि परमेश्‍वरको मायालु प्रबन्धबारे सिकाउनसक्छ।—यूहन्‍ना १७:३; १ थिस्सलोनिकी २:१३.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने