प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w97 २/१५ पृ. ३२
  • नरकबारे यथार्थ कुरा

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • नरकबारे यथार्थ कुरा
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९७
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९७
w97 २/१५ पृ. ३२

नरकबारे यथार्थ कुरा

चर्च अफ इंगल्याण्डको शिक्षा आयोगको प्रतिवेदनले बताएअनुसार नरक भनेको दनदन बलिरहने भट्टी त होइन रहेछ, बरु यो त एउटा रहस्यमय ठाउँ पो हो। उक्‍त प्रतिवेदन व्याख्या गर्छ: “दृष्टिकोण यस्तो फरक हुनुमा धेरै कारणहरू छन्‌। ती विभिन्‍न कारणहरूमध्ये, चाहे मसीही आस्था राख्ने हुन्‌ वा अरू कुनै आस्था राख्ने, नरकको त्रास देखाउने धार्मिक शिक्षामा मानिसहरूले असहमति जनाएकोले हो। अर्को कुरा, येशू मार्फत परमेश्‍वरले प्रकट गर्नुभएको प्रेम र करोडौंलाई परमेश्‍वरले अनन्त यातना दिने कुरा एकदमै विपरीत छ भनेर मानिसहरूले बुझ्दै आएकोले पनि हो।”

चर्च अफ इंगल्याण्डलाई मात्र नरकसम्बन्धी यस्तो अव्यवहारिक परम्परागत शिक्षा चित्त नबुझेको होइन। अरू विभिन्‍न सम्प्रदायका मानिसहरू पनि पापीहरूलाई तड्‌पाएर साटो फेर्ने भगवान्‌को उपासना गर्न अप्ठ्यारो मान्छन्‌। धर्म र समाज विषयका प्राध्यापक ज्याकसन कारोल यसो भन्छन्‌, “परमेश्‍वर मायालु व्यवहार गर्ने र स्नेही हुनुभएको मानिसहरू मन पराउँछन्‌। पाप र दोष नै हुँदैन भन्‍ने धारणा राख्ने आधुनिक समाजले नरकबारे कुरा गर्नु नै व्यर्थ ठान्छन्‌।” निज कारोल हाल ड्यूक विश्‍वविद्यालयको धर्मविज्ञान शाखामा कार्यरत छन्‌।

बाइबलले सिकाएअनुसार यहोवाका साक्षीहरूले धेरै पहिलेदेखि नै नरक भनेको मृतकहरूको साधारण चिहान हो, यो कुनै सास्ती दिने ठाउँ होइन भन्‍ने कुरा मान्दै आएका छन्‌। तिनीहरूले यो धारणा लोकप्रिय भएर अपनाएका होइनन्‌ तर बाइबलले यसो भनेको हुनाले हो: “मरेकाहरूले ता केही पनि जान्दैनन्‌। . . . मृत्युमा [“शिओल,” NW], जहाँ तँ जानैपर्छ, त्यहाँ नता केही गर्ने, न विचार गर्ने, न समझ-शक्‍ति, न बुद्धिनै हुन्छ।”—उपदेशक ९:५, १०.

मृतकहरूको अवस्थाबारे यस्तो स्पष्ट कुरा बुझेको हुनाले वाच टावर सोसाइटीका पहिलो अध्यक्ष चार्ल्स टेज रसलले सन्‌ १८९६ मा यसरी लेखे: “अरू विभिन्‍न धर्मशास्त्रहरूले अनि प्रार्थनाका पुस्तकहरूले र कैयौं पादरीहरूले गलत कुरा सिकाएझैं [बाइबलमा] हामीले सधैंभरिका लागि दण्ड दिने ठाउँबारे बताएको कहीं पनि पाएनौं। तापनि हामीले एक किसिमको ‘नरक’ भने पायौं, त्यो हो शिओल अथवा हेडिस। आदमको पापको कारण हामी सबै मानिसजातिले त्यहाँ जाने सजाय पाएका छौं। र हाम्रो प्रभुको मृत्युले त्यसबाट हामी मुक्‍त हुन्छौं। त्यो ‘नरक’ चाहिं चिहान अर्थात्‌ मृत अवस्था हो।”

यसरी यहोवाका साक्षीहरूले नरकबारे बाइबलीय सत्य सिकाउँदै आएको सय वर्षभन्दा बढी भइसक्यो।

[पृष्ठ ३२-मा भएको चित्र]

चार्ल्स टि. रसल

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने