प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w97 ३/१५ पृ. २४
  • फ्रान्समा गलत आरोपहरूको खण्डन

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • फ्रान्समा गलत आरोपहरूको खण्डन
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९७
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९७
w97 ३/१५ पृ. २४

फ्रान्समा गलत आरोपहरूको खण्डन

हालै फ्रान्समा यहोवाका साक्षीहरू गलत आरोपहरूको तारो हुन पुगे। युरोप र जापानमा धार्मिक पन्थहरू मुछिएका दुःखदायी घटनाहरूलाई लिएर आम सञ्चार माध्यमले यहोवाका साक्षीहरूबारे गलत खबरहरू प्रचारप्रसार गरे। यहोवाका साक्षीहरू सबैभन्दा ठूलो तथा खतरनाक पन्थहरू भनी अनुचित ढंगमा चित्रित गरियो।

यस आरोपको खण्डन गर्न यहोवाका साक्षीहरूले एउटा पर्चा प्रकाशित गरे जसले निम्न प्रश्‍नहरूको जवाफ दिन्छ: यहोवाका साक्षीहरू को हुन्‌? के तिनीहरू मसीहीहरू हुन्‌? के तिनीहरू स्वास्थ्योपचार गराउन राजी छन्‌? तिनीहरू किन ढोका ढोकामा जान्छन्‌? तिनीहरूले कहाँबाट आर्थिक सहयोग पाउँछन्‌? यहोवाका साक्षीहरूले समुदायलाई कसरी लाभ पुऱ्‍याउँछन्‌?

फ्रान्सेली भाषामा छापिएको त्यस जानकारीमूलक पर्चाको शीर्षक यहोवाका साक्षीहरू—तिनीहरूबारे तपाईंले के थाह पाउनुपर्छ थियो। सकेसम्म सबै मानिसहरूलाई पर्चा वितरण गर्न एउटा अभियानको आयोजना गरियो। मे १३ देखि जून ९, १९९६ भित्र नौ लाखभन्दा बढी प्रतिहरू वितरण गरिए।

सरकारी कर्मचारीलगायत थुप्रै मानिसहरू यस पर्चाबाट प्रभावित भए। पर्चा पढेपछि एक प्रान्तीय राज्यसभाका सदस्यले लेखे: “यहोवाका साक्षीहरूमाथि जथाभावी यस्तो आरोप लगाएको सुन्दा मलाई रीस उठ्‌छ। म बारम्बार तपाईंहरूको असल र निःस्वार्थ कार्यको मूल्यांकन गर्छु।” त्यस पर्चाबारे टिप्पणी गर्दै युरोपेली संसदका सदस्यले यसो लेखे: “अधिकांश मानिसलाई तपाईंहरूको समूह र पन्थहरूबीचको भिन्‍नता राम्ररी थाह छ।”

ब्रित्यानीमा एक साक्षीले पादरीलाई पर्चा दिए अनि तिनले स्वीकारे पनि। पादरीले यसो भने: “म तपाईंहरूको कामको सराहना गर्छु।” तिनले अझै यसो भने: “म आफ्नो चर्चका सबैलाई तपाईंहरूलाई घरमा निम्त्याउन र एक कप चिया दिन प्रोत्साहित गर्छु। तपाईं मेरो घरमा पनि आउनुभएको थियो भनी अरूलाई पनि भन्‍न सक्नुहुन्छ। म यो पनि भन्‍न चाहन्छु, तपाईंहरूको साहित्य पढ्‌न मलाई मन पर्छ।”

त्यस पर्चा पाएपछि आलसासका एक प्रोटेस्टेन्टले बाइबल अध्ययनको निम्ति आग्रह गर्दै वाच टावर सोसाइटीलाई पत्र लेखे। तिनले यस्तो लेखे: “मैले चर्चमाथि विश्‍वास गुमाइसकेको छु।” त्यसैकारण म आध्यात्मिक तवरमा नयाँ थालनी गर्न उत्सुक छु।” गलत आरोपहरू लगाए तापनि फ्रान्समा मात्र होइन सारा संसारभरि यहोवाका साक्षीहरूले मानिसहरूलाई बाइबलमा बताएझैं परमेश्‍वरको उद्देश्‍यको सही ज्ञान हासिल गर्न मदत गरिरहेका छन्‌।—२ तिमोथी ३:१६, १७.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने