‘तिनीहरू आफ्नो धर्मले सिकाएअनुसारै गर्छन्’
मायामी, फ्लोरिडा, सं.रा.अ.-का स्त्रीले एक स्थानीय अखबारलाई यस्तो पत्र लेखिन्: “डिसेम्बर १० का दिन मेरो छोराको वलेट सस्तो बजारमा चोरी भएको थियो। त्यसमा तिनको सवारी चालक अनुमतिपत्र, सामाजिक सुरक्षा कार्डबाहेक २६० अमेरिकी डलर थियो।
“त्यहाँको म्यानेजरलाई हराएको खबर गरेर छोरा घर फर्क्यो। त्यसै साँझ स्पेनी भाषा बोल्ने स्त्रीले टेलिफोन सञ्चालिकालाई अनुवादकको रूपमा चलाएर फोन गरिन् र छोराको वलेट तिनले भेट्टाएकी बताइन्।
“तिनले आफ्नो ठेगाना दिइन्। . . . तिनले छोराको वलेट दिइन् र त्यसमा २६० अमेरिकी डलरका साथै अरू सब थोक जस्ताको तस्तै थियो।
“मेरो छोराको वलेट चोर्न लागेको देखेर तिनी चिच्याएकी थिइन्। वलेट त्यहीं खसालेर चोर सुइँकुच्चा भागेछ। त्यतिबेलासम्म मेरो छोरा त्यहाँबाट हिंडिसकेकोले त्यो वलेट तिनले घर लगिन् र फोन गरिन्।
“तिनी र तिनका परिवार यहोवाका साक्षीहरू हुन्। तिनीहरू साँच्चै आफ्नो धर्मले सिकाएअनुसारै गर्छन्।”
मानिसबाट प्रशंसा पाउन यहोवाका साक्षीहरू इमानदार भएका होइनन्। (एफिसी ६:७) बरु, तिनीहरू स्वर्गमा हुनुहुने पिता यहोवाको प्रशंसा गर्ने साँचो चाहना राख्छन्। (१ कोरिन्थी १०:३१) परमेश्वर र आफ्ना छिमेकीप्रतिको प्रेमले तिनीहरूलाई परमेश्वरको राज्यको “सुसमाचार” उद्घोषणा गर्न उत्प्रेरित गर्छ। (मत्ती २४:१४) परमेश्वरले उहाँको राज्य मार्फत पृथ्वीलाई सुन्दर प्रमोदवनमा परिणत गर्ने प्रतिज्ञा गर्नुभएको छ। तब पृथ्वी भौतिक रूपमा मात्र नभई नैतिक तवरमा पनि स्वच्छ हुनेछ जहाँ इमानदारी सधैंभरिको लागि रहनेछ।—हिब्रू १३:१८; २ पत्रुस ३:१३.