“सत्यका रत्नहरू”
“स त्यका रत्नहरू।” यहोवाका साक्षीहरूको नाइजेरियास्थित शाखा कार्यालयमा प्राप्त पत्रले दुइटा विशेष पत्रिकाहरूको त्यसरी वर्णन गऱ्यो। उक्त पत्र लेख्ने जवान मानिस यसो भन्छन्:
“प्रहरीधरहरा तथा ब्यूँझनुहोस्! पत्रिकाहरूमा हामीले दिनदिनै भोग्नुपर्ने समस्याहरूबारे छलफल गर्नुभएको लागि हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु।
“म १७ वर्षको केटो हुँ। गत वर्ष एक स्थानीय रेडियो स्टेशनले एउटा निबन्ध प्रतियोगिता प्रायोजन गरेको थियो। त्यसको विषय थियो, ‘प्रेमको परिभाषा यौन मात्र होइन—एड्स यथार्थ हो।’ निबन्ध कम्तीमा पनि चार सय शब्दहरूमा लेखेको हुनुपर्थ्यो। सबैभन्दा राम्रो निबन्धलाई १,००० नाइरा [१२.५० अमेरिकी डलर] पुरस्कार राखिएको थियो। तर रेडियो उद्घोषकहरूले भने, मानिसहरूले केवल इनाम जित्नको लागि होइन तर केही सिक्ने उद्देश्यले लेख्नुपर्छ . . .
“मैले उक्त दुवै पत्रिकामा एड्ससम्बन्धी जानकारी पाएँ। प्रेमसम्बन्धी त यत्ति धेरै लेखहरू थिए, भनेर साध्यै छैन। मैले अगस्त ८, १९७८ ब्यूँझनुहोस्!-का (अंग्रेजी) बुँदाहरू चलाएँ।
“मैले आफ्नो निबन्ध बुझाएको दुइ महिना नबित्दै नतिजा प्रकाशित भयो। क्रस रिभर र आक्वा इबम प्रान्तबाट म विजयी घोषित हुँदा तीन छक परें!
“मैले प्रयोग गरेको सम्पूर्ण जानकारी ती पत्रिकाहरूबाटै लिएको थिएँ। यस समस्याग्रस्त तथा भ्रष्ट संसारमा यहोवाले सामयिक जानकारी प्रदान गर्नु साँच्चै अद्भुत कुरा हो। साँचो मसीहीहरूको हैसियतमा हामीलाई थाह छ, प्रेम भनेको यौनसम्बन्ध मात्र होइन। अनि स्वच्छ, नैतिक जीवन बिताउँदा हामी एड्सजस्ता रोगहरूबाट सुरक्षित हुन्छौं।
“पटक्कै झिंझो नमानी सत्यका यी रत्नहरू निरन्तर प्रदान गरिरहनुभएकोमा म धन्यवाद नदिई सक्दिनँ। यी बहुमूल्य पत्रिकाहरू प्रदान गरिरहने तपाईंको प्रयासमा यहोवाले आशिष् दिइरहून्।”