प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w97 ११/१५ पृ. ३२
  • निदाउन नसकेका रातहरू लाभकारी थिए

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • निदाउन नसकेका रातहरू लाभकारी थिए
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९७
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९७
w97 ११/१५ पृ. ३२

निदाउन नसकेका रातहरू लाभकारी थिए

निदाउन नसक्नेहरूमा राजाहरू समेत छन्‌। तीमध्ये सा.यु.पू. पाँचौं शताब्दीतिर फारसका शक्‍तिशाली राजा अहासुरस पनि हुन्‌। आफूले शायद कुनै दायित्वको ख्याल नगरेको पो छु कि भन्‍ने महसुस भएकोले शाही विवरण तिनले पढ्‌न लगाए। तब तिनले थाह पाए कि तिनको हत्या गर्ने षडयन्त्र विफल पार्ने तिनका विश्‍वासी सेवक मोर्दकैलाई त्यसको इनाम दिइएको रहेनछ। अहासूरसले आफ्नो यस गल्तीलाई तुरुन्तै सुधार्ने निर्णय गरे। तिनका कार्यहरूले परमेश्‍वरका मानिसहरूमाथि लाभदायी परिणाम ल्याएकोले राजा सुत्न नसक्नुको पछाडि परमेश्‍वरको हात थियो भनेर त्यस कुराले देखाउँछ।—एस्तर ६:१-१०.

दक्षिण अफ्रिकी समुद्रीतटीय शहर हर्मानसका यहोवाका साक्षीहरूका मण्डलीले बाइबलको उक्‍त भागलाई याद गर्नुको पछाडि कारण छ। तिनीहरू भाडामा हल लिएर सभाहरू सञ्चालन गर्थे। राज्यभवन निर्माण गर्नको लागि जग्गा किन्‍न तिनीहरूले धेरै वर्षसम्म प्रयास गरेका थिए। अन्ततः सन्‌ १९९१ मा टाउन काउन्सिलले एउटा उत्कृष्ट जग्गा किन्‍न स्वीकृति दियो।

तथापि, त्यो जग्गा यहोवाका साक्षीहरूलाई दिएकोमा कसै कसैले विरोध जनाए। निकै महिना बितिसकेपछि, त्यो जग्गा चर्चहरूलाई बेच्न तीन वर्षसम्म निषेध गरिएको जानकारी त्यस मण्डलीले पायो। त्यसैले जग्गा किन्‍न दिइएको स्वीकृति फिर्ता लिइयो। काउन्सिलले आफ्नो निर्णयलाई पुनः विचार गरोस्‌ भन्‍ने अनुरोध गर्दै उक्‍त मण्डलीले मे, १९९३ मा निवेदन दियो। तर त्यो निषेध अझै जारी नै छ भनेर एक वाक्ये जवाफ तिनीहरूले पाए।

त्यसै वर्षको अक्टोबर महिनामा नगर काउन्सिलरहरूमध्ये एकलाई एक रात पटक्कै निद्रा लागेन। आफूले ध्यान पुऱ्‍याउनुपर्ने कुनै कुरा छ कि भनी काउन्सिलका पुराना विवरणहरू हेर्दै तिनले रात काटिन्‌। यहोवाका साक्षीहरूले काउन्सिललाई आफ्नो निर्णय पुनः विचार गरियोस्‌ भनी अनुरोध गर्दै लेखेको पत्रमा तिनको ध्यान गयो। तब, तिनले त्यस कुरालाई अर्को सभामा छलफल गर्न एजेन्डामा राख्ने निर्णय गरिन्‌। चर्चहरूलाई जग्गा दिन निषेध गर्नुभन्दा अघिनै यहोवाका साक्षीहरूले निवेदन चढाएका थिए भनेर तिनी औंल्याउन चाहन्थिन्‌।

समयमा, उक्‍त मण्डलीले त्यही जग्गा पायो जुन सन्‌ १९९१ मा तिनीहरूलाई दिइएको थियो! यो जग्गा सडक नजीकै अनि मण्डलीका सदस्यहरू र इच्छुक व्यक्‍तिहरूलाई पायक पर्ने ठाउँमा छ। तिनीहरूले आकर्षक राज्यभवन बनाएका छन्‌ र त्यो अक्टोबर ५, १९९६ मा यहोवालाई समर्पण गरियो।

ती काउन्सिलरले त्यस रात जाग्राम बस्नु परेकोमा मण्डली अफसोस व्यक्‍त गर्छ। यद्यपि, राजा अहासूरसलाई पनि त्यस्तै भएको तथ्यद्वारा तिनलाई आश्‍वासन मिल्न सक्ला। जे भए पनि, दुइटै घटनाको परिणाम लाभदायी निक्ले। यस लोकप्रिय समुद्रीतटीय शहरमा आफ्नै राज्यभवन अर्थात्‌ साँचो उपासनाको तथा ईश्‍वरतान्त्रिक प्रशिक्षणको केन्द्र बनाउन पाएकोमा हर्मानसको उक्‍त मण्डली असाध्यै कृतज्ञ छ।—हिब्रू १०:२४, २५.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने