प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w97 १२/१ पृ. ३२
  • दश आज्ञा

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • दश आज्ञा
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९७
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९७
w97 १२/१ पृ. ३२

दश आज्ञा

बेलाइतको ग्लाउचेष्टरका विशपले आफ्नो इलाकाका आधाभन्दा बढी पादरीहरूले दश आज्ञा मुखस्त भन्‍न नसकेका र १० प्रतिशत जतिलाई त बाइबलमा ती आज्ञाहरू कहाँनेर पाइन्छन्‌ भनेर पत्तोसमेत नभएको थाह पाए। तर त्यो थियो ४५० वर्षअघिको कुरा। तर के अहिले अवस्था बदलिएको छ त? पटक्कै छैन भनी हालै सन्डे टाइम्स-ले एंग्लिकन पादरीहरूसित यत्तिकै लिएको सर्वेक्षणले देखाउँछ।

अन्तरवार्ता लिइएका २०० जना पादरीहरूमध्ये केवल ३४ प्रतिशतले मात्र दश आज्ञा सबै भन्‍नसके। बाँकीमध्ये एक जनालाई त्यो प्रतिबन्धहरूको पोकोजस्तो र अर्कोलाई भने वर्तमान नैतिक समस्याहरूको सिलसिलामा असान्दर्भिक लागेको बताए।

के तपाईंलाई दश आज्ञा थाह छ? अथवा बाइबलमा कहाँनेर पाइन्छ, देखाउन सक्नुहुन्छ? ती, बाइबलको दोस्रो पुस्तक प्रस्थानको अध्याय २० को सुरुका १७ पदहरूमा छन्‌। यसो पढे कसो होला? तिनीहरूलाई वर्गीकरण गर्ने एउटा सजिलो तरिका छ। सुरुका चारवटा परमेश्‍वरको उपासनासित सम्बन्धित छन्‌, पाँचौं पारिवारिक जीवनसित, छैठौंदेखि नवौं सँगी मानिसहरूसित हाम्रो सम्बन्ध र दशौं चाहिं अनुपम छ किनभने त्यसले हाम्रो हृदय तथा मनोभावहरू केलाउन उत्प्रेरित गर्छ। मसीहीहरूले यी सिद्धान्तहरू कसरी लागू गर्नसक्छन्‌, छोटकरीमा यसप्रकार छन्‌।

पहिलो: सृष्टिकर्तालाई ऐकान्तिक भक्‍ति चढाउनुहोस्‌। दोस्रो: उपासनामा मूर्तिको प्रयोग नगर्नुहोस्‌। तेस्रो: परमेश्‍वरको नाउँलाई सधैं आदर तथा सम्मान गर्नुहोस्‌। चौथो: अरू कुरामा नअलमलिई आध्यात्मिक कुराहरूमा ध्यानकेन्द्रित गर्न समय निकाल्नुहोस्‌। पाँचौं: छोराछोरीहरू हो, आमाबाबुको आदर गर्नुहोस्‌। छैठौं: हत्या नगर्नुहोस्‌। सातौं: व्यभिचार नगर्नुहोस्‌। आठौं: नचोर्नुहोस्‌। नवौं: साँचो बोल्नुहोस्‌। दशौं: लोभ नगर्नुहोस्‌।

यी दश आज्ञाहरू मोशालाई दिइएको व्यवस्थाका भाग थिए। तर त्यसमा मुछिएका सिद्धान्तहरू सदासर्वदै लागू हुन्छन्‌। (रोमी ६:१४; कलस्सी २:१३, १४) यसैकारण, येशूका अनुयायीहरूले दश आज्ञाबाट उद्धरण गर्नुका साथै उल्लेख गरे। (रोमी १३:८-१०) सबैले यी ईश्‍वरप्रेरित सिद्धान्तको आदर गरेर त्यसअनुसार जीवन बिताउने हो भने जीवन कत्ति आनन्दमय र सुरक्षित हुनेथियो!

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने