प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w98 १/१ पृ. ३२
  • उत्प्रेरणाले भरिएको जवाफ

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • उत्प्रेरणाले भरिएको जवाफ
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९८
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९८
w98 १/१ पृ. ३२

उत्प्रेरणाले भरिएको जवाफ

क्याथोलिक हेराल्ड नामक बेलाइतका क्याथोलिक समाचारपत्रमा वेल्सको पाठकले लेखेका निम्न पत्र हालै प्रकाशित भयो: “एक रात यहोवाका दुई जना साक्षीहरू मेरो घर आए। तिनीहरूले नयाँ नियमबाट गरेको उद्धरण, क्याथोलिक चर्चको योगदान नहुँदो हो त त्यति भरपर्दो हुने थिएन भनेर मैले तर्क गरें। तिनीहरूमध्ये एकले मेरो कुरा स्वीकार्दा म छक्कै परें। तिनले भने, ‘हो तपाईंहरूले बाइबललाई भरपर्दो बनाउनु त भयो तर त्यसलाई व्यवहारमा भने उतार्नुभएको छैन। येशूले “तिमीहरू आपसमा प्रेम गर, जस्तो मैले तिमीहरूलाई प्रेम गरेको छु,” भन्‍नुभएको थियो। तर तपाईंहरू आपस-आपसमा काटामार गर्नुहुन्छ। बितेको समयमा भएका युद्धमा क्याथोलिकहरूले क्याथोलिकहरूको हत्या गरे तर यहोवाका कुनै पनि साक्षीले [सँगी] साक्षीको हत्या गरेनन्‌।’ तिनीहरूको कुरा सुनेर म नाजवाफ भएँ। हामीबीच नै साँचो एकता छैन भने ‘सबै समूहका मसीहीहरू’ एकताबद्ध होऊन्‌ भनेर हामी कसरी प्रार्थना गर्नसक्छौं र? के हामीले पहिला आपसमै मारकाट गर्न छोड्‌नुपर्छ होइन र?”—यूहन्‍ना १५:१२.

यस २० औं शताब्दीका दुवै विश्‍व युद्धहरू मसीहीजगत्‌बाट सुरु भएको थियो र सालाखाला पाँचदेखि छ करोड व्यक्‍तिहरूको ज्यान गयो। तथापि, यो कुरा ठोकेरै भन्‍न सकिन्छ, यहोवाका साक्षीहरूले न ती युद्धहरूमा भाग लिए न त हालसालै मच्चिएका विवादहरूमा नै हात हालेका छन्‌। यो कसरी हुनसक्छ र? यहोवाका ५० लाखभन्दा बढी साक्षीहरूबीच व्याप्त विश्‍वव्यापी मसीही प्रेम र एकताको सशक्‍त बन्धनबारे अझ धेरै कुराहरू पत्ता लगाए कसो होला? किनकि त्यसो गर्नुमा तपाईंकै भलाइ छ।—यशैया २:४ तुलना गर्नुहोस्‌।

[पृष्ठ ३२-मा भएको चित्रको स्रोत]

U.S. National Archives photo

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने