प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w98 ३/१ पृ. ७
  • तिनीहरू किन भेला हुन्छन्‌?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • तिनीहरू किन भेला हुन्छन्‌?
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९८
  • मिल्दोजुल्दो सामग्री
  • १९९८ “परमेश्‍वरले चाहनुहुने जीवनशैली” जिल्ला अधिवेशन
    हाम्रो राज्य सेवकाई—१९९८
  • सन्‌ १९९९ “परमेश्‍वरको भविष्यसूचक वचन” जिल्ला अधिवेशन
    हाम्रो राज्य सेवकाई—१९९९
  • अधिवेशनहरू—हाम्रो भ्रातृत्वको आनन्ददायी पुष्टि
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००१
  • हाम्रो जिल्ला अधिवेशन—सत्यको पक्षमा जोडदार प्रमाण
    हाम्रो राज्य सेवा—२०१२
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९८
w98 ३/१ पृ. ७

तिनीहरू किन भेला हुन्छन्‌?

विश्‍वभरि हरेक वर्ष यहोवाका हजारौं साक्षीहरू अधिवेशनहरूमा भेला हुन्छन्‌। त्यहाँ तिनीहरू अरूसित सरसंगत गर्छन्‌ र बाइबल निर्देनशनहरूले भरिएको उत्तम कार्यक्रम सुन्छन्‌। कसै कसैलाई यी अधिवेशनहरूमा उपस्थित हुन निकै प्रयास गर्नुपर्छ। उदाहरणका लागि, गत वर्षको कुरा हो, मलावीका ६० वर्ष नाघिसकेका एक दम्पती, आफ्ना छोराबुहारी तथा सानो बच्चासहित अधिवेशनमा उपस्थित हुन साइकल चढेर ८० किलोमिटर लामो यात्रा गरे। तिनीहरू बिहान सबेरै छ बजे गाउँबाट हिंडे र १५ घण्टापछि अधिवेशन स्थानमा पुगे।

मोजाम्बिकमा एउटा समूहले अधिवेशनमा उपस्थित हुन तीन दिनसम्म साइकल यात्रा गरे। एक रात बाहिरै पाल टाँगेर सुतिरहेका बेला नजिकै सिंहहरूको गर्जन सुनियो। सिंहहरूलाई धपाउन त्यतातिर आगोको भुंग्रो फ्याले तापनि बिहानसम्म ती सिंहहरू त्यहीं थिए। त्यही सम्मेलनमा गइरहेका अर्को एक जना साक्षीको पनि बाटोमा एउटा सिंहसित जम्काभेट भयो। तिनी चलहल नगरी चुपचाप बसे र पछि सिंह आफ्नो बाटो लाग्यो। “सिंहको मुखबाट छुटकारा” कसरी पाए भनेर यी साक्षीहरूले पछि अधिवेशनमा हाँसीहाँसी बताए।—२ तिमोथी ४:१७.

यहोवाका थुप्रै साक्षीहरू उपासनाको लागि अधिवेशन वा मण्डलीका साप्ताहिक सभाहरूमा उपस्थित हुन निकै प्रयास गर्छन्‌। किन? भेला हुनु किन त्यत्तिको महत्त्वपूर्ण छ भनेर यसपछिका लेखहरूले बताउनेछन्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने