प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w98 ३/१ पृ. २९
  • चिकित्सक, वकिल अनि यहोवाका साक्षीहरू

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • चिकित्सक, वकिल अनि यहोवाका साक्षीहरू
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९८
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९८
w98 ३/१ पृ. २९

चिकित्सक, वकिल अनि यहोवाका साक्षीहरू

सन्‌ १९९५ मार्चको कुरा हो, यहोवाका साक्षीहरूले ब्राजिलमा दुइटा सेमिनार आयोजना गरेका थिए। त्यसको उद्देश्‍य? यहोवाको साक्षी बिरामी परेर रक्‍तक्षेपण अस्वीकार गर्दा चिकित्सा तथा कानुनी कर्मचारीहरूको सहयोग पाउन।—प्रेरित १५:२९.

दुःखको कुरा, कुनै कुनै अवस्थामा चिकित्सकहरूले साक्षी बिरामीहरूको इच्छा विपरीत जबरजस्ती रक्‍तक्षेपण गराउन अदालतको आदेश जारी गरेका छन्‌। त्यस्तो अवस्थामा साक्षीहरूले आफूलाई जोगाउन सकेसम्म कानुनी सहयोग लिए। तैपनि यस्तो मुठभेडको साटो अग्रिम समझदारी नै बेस। तसर्थ, ती सेमिनारहरूले प्रकाश पार्न खोजेको मुख्य कुरा थियो, होमोलोगस रक्‍तक्षेपणको साटो अन्य तरल पदार्थहरू दिन सकिन्छ र यहोवाका साक्षीहरूले यी खुसीसाथ स्वीकार्छन्‌।a

साऊ पाउलोको प्रान्तीय चिकित्सा सभाले साक्षीहरूको अडानलाई समर्थन गरिसकेको थियो। जनवरी १९९५ मा यो निर्णय पारित भएको थियो, चिकित्सकले सुझाउ दिएको उपचार बिरामीलाई स्वीकार्य नभएको खण्डमा त्यसलाई इन्कार गरेर अर्को चिकित्सक रोज्नु उसको अधिकार हो।

सराहनीय कुरा के छ भने, अहिले ब्राजिलका चिकित्सकहरूको समुदायमा सयौं पेशेवरहरू छन्‌ जो बिरामीहरूले अनुरोध गरेको खण्डमा रगत विनाको उपचार गर्न तयार छन्‌। मार्च १९९५ मा सेमिनार सम्पन्‍न भएदेखि ब्राजिलमा यहोवाका साक्षीहरू, चिकित्सक अनि वकिलहरूबीच निकै राम्रो समझदारी भएको छ। ब्राजिलको चिकित्सासम्बन्धी पत्रिका आम्बेटु ओस्पेटालार-ले १९९७ मा यहोवाका साक्षीहरूको रगतप्रतिको अडानलाई आदर गर्नुपर्छ भनेर जोड दिंदै एउटा लेख प्रकाशित गरेको थियो। रियो दे जेनेरो तथा साऊ पाउलोका चिकित्सा प्रान्तीय सभाले उल्लेख गरेअनुसार “बिरामीको ज्यान जोगाउने भन्दैमा चिकित्सकले बिरामीले रोजेको उपचारविधिलाई बेवास्ता गर्नु हुँदैन” भनेर अब व्यापक तवरमा थाह भइसकेको छ।

[फुटनोट]

a थप जानकारीको लागि वाचटावर बाइबल एण्ड ट्राक्ट सोसाइटीद्वारा प्रकाशित रगतले तपाईंको जीवन कसरी बचाउन सक्छ? (अंग्रेजी) पुस्तिका हेर्नुहोस्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने