एउटा “असाधारण” अधिवेशनको प्रशंसा गरियो
पेरू, लिमाका एक रेडियो उद्घोषकले यहोवाका साक्षीहरूलाई शंकाको दृष्टिले हेर्थे। तथापि, साक्षीहरूको एउटा जिल्ला अधिवेशनमा उपस्थित भएपछि तिनको मनोवृत्तिमा आमूल परिवर्तन आयो। वास्तवमा तिनी यति प्रभावित भए कि तिनले आफ्ना रेडियो श्रोताहरूलाई केही सकारात्मक टिप्पणीहरू सुनाए। तिनले भनेका कुराहरूको केही अंश यसप्रकार छन्:
“अधिवेशन साँच्चै असाधारण थियो। भुइँमा एक टुक्रा कागज थिएन नता मालताल बेच्नेहरू नै थिए। ट्राफिक जाम थिएन। पाँच हजार दुई सय जना मानिस आफ्नै खर्च बेहोरेर रंगशालामा आए, सरसफाइ तथा पुछपाछ गर्नको लागि सबैको हातमा बाल्टिन, टालो, धूलो उठाउने, कुचो, सानो बुरूस, पञ्जा र झोल साबुन थियो। खुइलिएको ठाउँमा रंग पनि लगाए। अनि यत्रो पैसा कहाँबाट आयो? तिनीहरूको आफ्नै खल्तीबाट! कुनै काम गर्नुछ भनी सूचना पाएपछि सबैले तुरुन्तै पैसा दिइहाल्छन्। यस्ता कुराहरूमा क्याथोलिक चर्चले पटक्कै चासो देखाएको छैन भन्न मलाई करै लागेको छ। म यहोवाका साक्षीहरू तथा यस जमघटका संयोजकहरूलाई बधाइ दिन चाहन्छु। अनि म उहाँहरूलाई भित्री हृदयदेखि भन्न चाहन्छु, परमेश्वरले तपाईंहरूलाई मदत गरून् र आशिष् देऊन्।”
यो वर्ष पनि संसारभरिका शहरहरूमा यहोवाका साक्षीहरू “परमेश्वरले चाहनुहुने जीवनशैली” जिल्ला अधिवेशनमा सामेल हुनेछन्। तपाईं नि?
[पृष्ठ ३२-मा भएको ठूलो अक्षरको क्याप्सन]
“त्यहाँ भुइँमा एक टुक्रा कागज थिएन”