प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w98 ३/१५ पृ. ११
  • “एक औंले बाइबल”

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • “एक औंले बाइबल”
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९८
  • मिल्दोजुल्दो सामग्री
  • परमेश्‍वरको वचनका प्रेमीहरूका लागि उल्लेखनीय उपलब्धि
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९९
  • विश्‍वभरि लाखौंले मन पराएको न्यु वर्ल्ड ट्रान्सलेशन
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००१
  • कुरा गर्न रुचाउनुहुने परमेश्‍वर—यहोवा
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१५
  • नयाँ संसार अनुवाद—बुझ्न सजिलो र सही अनुवाद
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१५
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९८
w98 ३/१५ पृ. ११

“एक औंले बाइबल”

बिमारीको शिकार भएर पक्षाघात भएपछि जोसेफ सेरस्भिस्की एउटा औंलाले मात्र टाइप गर्नसक्ने भए। यद्यपि, चिनियाँ भाषामा बाइबल अनुवाद गर्ने आफ्नो लक्ष्य तिनले पूरा गरिछाडे। चिनियाँ भाषा विदेशीलाई सिक्न निकै गाह्रो पर्ने भाषाहरूमध्ये एक हो।

सेरस्भिस्की जन्मजात यहूदी थिए तर वयस्क भएपछि राम्ररी केलाएर मसीहीधर्म अपनाए। अन्ततः तिनी चीनमा मिसनरी भए। तिनले त्यहाँ सन्‌ १८६६ को सुरुदेखि २० औं शताब्दीका प्रारम्भिक वर्षहरूसम्म लगातार अनुवाद कार्य गरे। यहूदी पृष्ठभूमिले गर्दा सेरस्भिस्की आफ्ना सँगी शास्त्रविद्‌हरूभन्दा हिब्रू शास्त्रमा निकै परिचित थिए। तसर्थ, तिनलाई सम्पूर्ण यहूदी धर्मशास्त्र अनुवाद गर्ने कार्यभार सुम्पियो। तिनले निकै लामो समयसम्म अनुवाद कार्य गरे अनि यो पेशाको अन्ततिर सन्दर्भिकासहित सम्पूर्ण बाइबल चिनियाँ भाषामा अनुवाद गरे।

बाइबल अनुवादक भएको नाताले सेरस्भिस्की सरल भाषामा लेखिएको अनुवादका कट्टर समर्थक थिए। तर तिनको काम भने सजिलो थिएन। चिनियाँ बाइबल तयार गर्न तिनले पुऱ्‍याएको योगदान अनुपम छ “किनकि यो कार्य अति विस्तृत हुनुका साथै अनेकौं अशक्‍तताको बावजूद पूरा गरिएको थियो” भनी हजार भाषाहरूको पुस्तक (अंग्रेजी) बताउँछ।

आफ्नो हात पक्षाघात भएपछि पनि सेरस्भिस्की आफ्नो कार्यमा सुस्ताएनन्‌। सामान्य काम गर्न पनि गाह्रो भएकोले टाइप गर्न तिनले धेरै मेहनत गर्नुपर्थ्यो। त्यसैकारण त तिनी उक्‍त अनुवादलाई एक औंले बाइबल भन्छन्‌। आफ्नो शारीरिक अशक्‍तताको बावजूद उक्‍त बाइबल अनुवाद गर्न सेरस्भिस्कीले २५ वर्षसम्म अथक परिश्रम गरे। हरेस नखाइकन अनुवाद कार्यमा निरन्तर लागिरहेर तिनले परमेश्‍वरको वचन चिनियाँ भाषामा अर्थात्‌ अन्य भाषीहरूभन्दा बढी मानिसहरूले बोल्ने भाषामा बुझ्नसक्ने बनाए।

[पृष्ठ ११-मा भएको चित्रको स्रोत]

दुवै चित्र: साभार, American Bible Society Archives

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने