प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w98 ४/१५ पृ. ३२
  • “तिमीले बाल्यकालदेखि . . . जानेका छौ”

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • “तिमीले बाल्यकालदेखि . . . जानेका छौ”
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९८
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९८
w98 ४/१५ पृ. ३२

“तिमीले बाल्यकालदेखि . . . जानेका छौ”

हालै गरिएका वैज्ञानिक अध्ययनहरूअनुसार शिशुहरूसित कुराकानी गर्दा उनीहरूको बौद्धिक विकासमा गहिरो छाप पर्छ र तिनीहरूमा सोच्ने, तर्क गर्ने तथा समस्या समाधान गर्नसक्ने क्षमता स्थापित हुँदैजान्छ। विशेषगरि यो बच्चाको जीवनको पहिलो वर्षमा लागू हुन्छ। “शिशुले प्रत्येक दिन सुनेका शब्दहरूले मात्र पनि पछि त्यो बच्चाको बौद्धिक क्षमता, स्कूलमा पाइने सफलता र सामाजिक व्यवहार आदि कस्तो हुन्छ, निर्धारण गर्नसक्छ” भनी केही अनुसन्धानकर्ताहरूले अहिले विश्‍वास गर्न थालेको प्रतिवेदन इन्टरनेशनल हेराल्ड ट्रिब्यून-ले पेश गरेको छ।

तथापि, ती शब्दहरू मानिसले नै उच्चारण गरेको हुनुपर्छ। टेलिभिजन वा रेडियो यसको विकल्प हुनसक्दैन।

स.रा.अ., सियाटलको वाशिंटन विश्‍वविद्यालयका स्नायु विशेषज्ञा उल्लेख गर्छिन्‌: “जीवनको पहिलो चरणमै स्नायुहरूबीच सम्पर्क कायम हुन्छ र यो सम्पर्क कसरी कायम हुन्छ त्यो अनुभव गर्न शिशु मस्तिष्कले साँच्चै पर्खिरहन्छ भनेर हामीले अहिले बुझेका छौं। तर यो प्रक्रिया यत्ति छिटो सुरु हुन्छ भनेर त भर्खरै मात्र थाह पायौं। उदाहरणका लागि, छ महिना जतिको उमेरमा शिशुले आफ्नो मातृभाषा उच्चारण गर्न सिकिसक्छ।”

बच्चाको बौद्धिक क्षमता प्रशस्त मात्रामा विकास गर्न औधी माया मात्र गरे पुग्छ भन्‍ने धारणा हालै गरिएका चुनौतीपूर्ण अनुसन्धानले गर्दा व्यापक भएको छ। यसले बच्चाको विकासमा आमाबाबुको भूमिकालाई पनि प्रकाश पारेको छ।

उक्‍त तथ्यले प्रेरित पावलले तिमोथीलाई लेखेका प्रेरित पत्रका यी शब्दहरू सम्झना गराउँछ: “तिमीले बाल्यकालदेखि पवित्र लेखोटहरू जानेका छौ, जसले . . . मुक्‍तिको निम्ति तिमीलाई बुद्धिमान तुल्याउनसक्‍तछ।” तिमोथीलाई तिनकी विश्‍वासी आमा र बज्यैले सिकाएका पवित्र लेखोटहरूले नै परमेश्‍वरको एक विशिष्ट सेवक बनाउन प्रमुख भूमिका खेलेको हुनुपर्छ।—२ तिमोथी १:५; ३:१५.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने