असल चालचलनले प्रशंसा पाउँछ
“मेटिरा—अनुपम गुफाहरूको शहर” नामक लेख प्रकाशित गरेकोमा इटालीका समाचारपत्र ला गाजेटा डेल मेड्जोजोर्नो-ले यहोवाका साक्षीहरूको प्रशंसा गऱ्यो। उक्त लेख ब्यूँझनुहोस्!-को (अंग्रेजी) जुलाई ८, १९९७ अंकमा प्रकाशित भएको थियो र त्यो अंक थुप्रै भाषाहरूमा व्यापक वितरण भयो। हाल ब्यूँझनुहोस्! ८१ भाषाहरूमा अनुवाद हुन्छ र विश्वव्यापी तवरमा १.९ करोड प्रति वितरण हुन्छ। यस ग्रीष्म याममा ब्यूँझनुहोस्!-ले “[मेटिरा] शहरको ऐतिहासिक र कलात्मक पैतृक सम्पदा संवर्धनको प्रचारप्रसार गरेर” ठूलो कार्य गरेको छ भनेर उक्त समाचार पत्रले प्रशंसा गऱ्यो।
उक्त समाचारपत्रले मेटिरामा १९९७ मा सम्पन्न “परमेश्वरको वचनमा विश्वास” जिल्ला अधिवेशनको सन्दर्भमा यहोवाका साक्षीहरूको गुनगान गायो। उक्त समाचारपत्रमा साक्षीहरूले “ग्रीष्म यामको बीचोबीच टन्टलापुर घाममा पनि ४,००० मानिसहरूलाई [शहरको] २१ औं सिटेम्ब्री रंगशालामा सुव्यवस्थित राख्नसके; तिनीहरूले एक पैसा नलिइकन अनि आवश्यक सर-सामानहरू आफै किनेर यस खेलकुद केन्द्रको सरसफाइ, रंगरोगन र आधारभूत कुराहरू [विशेषगरि शौचालयहरू] ठीकठाक पारे” भनेर उल्लेख गऱ्यो।
यहोवाका साक्षीहरू असल छिमेकी बन्न सक्दो प्रयास गर्छन्। (मत्ती २२:३७-३९) तिनीहरू यो धर्मशास्त्रीय सल्लाह पनि पालन गर्छन्: “अन्यजातिहरूका बीचमा तिमीहरूको चालचलन असल गराओ, . . . तिनीहरूले देखेका तिमीहरूका असल कामबाट कृपादृष्टिको दिनमा तिनीहरूले परमेश्वरको महिमा गरून्।”—१ पत्रुस २:१२.