प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w98 ७/१५ पृ. ३२
  • “मिलाप तथा भ्रातृत्वको उदाहरण”

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • “मिलाप तथा भ्रातृत्वको उदाहरण”
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९८
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९८
w98 ७/१५ पृ. ३२

“मिलाप तथा भ्रातृत्वको उदाहरण”

उपरोक्‍त अभिव्यक्‍ति परिवारको कुनै सदस्य गुमाउनुपर्दा विजोगमा परेकी एउटी स्त्रीले यहोवाका साक्षीहरूको कामबारे व्यक्‍त गरेकी थिइन्‌। तिनी वर्णन गर्छिन्‌:

“परिवार र आफ्नोतर्फबाट जर्मनी, फ्राइबर्गस्थित इटालेली मण्डलीका साक्षीहरूलाई धन्यवाद व्यक्‍त गर्न चाहन्छु। मेरो दाइ आन्तोन्यो र भाउजू आनाबाहेक परिवारका बाँकी सदस्यहरू साक्षी होइनन्‌। उहाँहरूले मान्‍ने धर्मलाई सधैं आदर गरे तापनि हामी उहाँहरूको छनौटको निकै आलोचना गर्थ्यौं।

“तथापि, अहिले भने हाम्रो विचारधारा बद्‌लिएको छ। वास्तवमा आशै नगरेको भ्रातृत्व र मायाको उदाहरण हामीले देख्यौं।

“दुःखको कुरा, सडक दुर्घटना परेर आनाको अकालमै मृत्यु भयो। हामी इटालीमा बस्ने भएकाले दाइ आन्तोन्यो र भदाभदैहरूलाई भावनात्मक तवरमा चाहिएजति मदत दिन सकेनौं। तथापि, उहाँको मण्डलीका भाइहरू मदतका लागि आइपुग्नुभयो। उहाँहरू दाइकहाँ आइदिनुभएर, दाइलाई सान्त्वना दिनुभएर, विश्‍वासलगायत शारीरिक, नैतिक तथा आर्थिक समर्थन दिनुभएर सहयोग गर्नुभयो। व्यक्‍तिगत रूपमा त्यस मण्डलीलाई धन्यवाद दिन नसक्ने भएकोले म उहाँहरूलाई उहाँहरूले देखाउनुभएको अविस्मरणीय मिलाप तथा भ्रातृत्वको उदाहरणलाई तपाईंहरूको पत्रिका मार्फत धन्यवाद दिन चाहन्छु।”

यस महिलाको मायालु टिप्पणीको मूल्यांकन गरिएको छ। तिनले बुझेझैं यहोवाका साक्षीहरूको अन्तरराष्ट्रिय भ्रातृत्व छ। (१ पत्रुस २:१७) तिनीहरूले प्रेम “सिद्धताको गाँठो हो” भन्‍ने बुझेर आपसमा स्नेहको बलियो गाँठो कसेका छन्‌। (कलस्सी ३:१४) हामीमाथि आइपर्ने ठूलठूला दुर्घटनाहरू हुँदा पनि यहोवाका साक्षीहरू परमेश्‍वर र उहाँका जनहरूसित घनिष्ठ भइरहन्छन्‌।—हितोपदेश १८:२४; उपदेशक ९:११; यूहन्‍ना १३:३४, ३५.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने