उन्नाइसौं शताब्दीलाई ध्वस्त पार्ने युद्ध
१९१४
नयाँ सहस्र वर्षको विचार गर्दै अखबारका स्तम्भकार चार्लि रिसले दी ओरलान्डो सेन्टिनेल-मा लेखे: “उन्नाइसौं शताब्दीलाई ध्वस्त पार्ने १९१४-१८ को युद्ध अझै अन्त भएको छैन।” उनको यस्तो भनाइको तात्पर्य के थियो? तिनले भने: “इतिहास तिथिको नियन्त्रणमा हुँदैन। उन्नाइसौं शताब्दीलाई परिभाषित गरिएका विश्वास, धारणा, मनोवृत्ति तथा नैतिकता जनवरी १, १९०१ मै अन्त भएन। यो १९१४ मा अन्त भयो। र सोही बेलादेखि २० औं शताब्दीलाई पनि त्यस्तै तरिकामा परिभाषित गऱ्यो, . . .
“जीवनकालभरि हामीले चिन्ता लिएको झन्डै सबै मतभेदहरू त्यही युद्धको नतिजा हो। हामीले देखेका लगभग सबै बौद्धिक तथा सांस्कृतिक लहरहरू त्यसै युद्धका उपज हुन्। . . .
“यसले यति क्षति पुऱ्यायो कि मानिसहरूले मानव आफैले भविष्यलाई नियन्त्रणमा राख्नसक्छ भन्ने आस्था नै गुमाए। . . . युद्धको कारण मानिसहरूले त्यस गलत विश्वासलाई त्यागे। युद्ध गर्ने दुवै पक्षले नतिजा यस्तो होला भनेर सोचेका थिएनन्। यसले बेलायती र फ्रान्सेली साम्राज्यलाई नाश गऱ्यो। त्यस पुस्ताका उत्कृष्ट बेलायती, फ्रान्सेली तथा जर्मनका ज्यान लियो। . . . छोटो समयावधिमै यसले १.१ करोड मानिसको ज्यान लियो।”
यहोवाका साक्षीहरूले १२० वर्षभन्दा अघिदेखि १९१४ येशूले बताउनुभएको “अन्यजातिको समय” हो भनी औंल्याउँदै आएका छन्। (लूका २१:२४) त्यसै वर्ष पुनरुत्थान र महिमित हुनुभएका येशू ख्रीष्टलाई स्वर्गीय राज्यमा राजाको रूपमा सिंहासनमा बसाइयो। त्यसै राज्यद्वारा यहोवा परमेश्वरले यस शताब्दीका सबै दुःखकष्ट हटाउनुहुनेछ।—भजन ३७:१०, ११; उपदेशक ८:९; प्रकाश २१:३, ४.
[पृष्ठ ३२-मा भएको चित्र स्रोत]
U.S. National Archives photo