प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w98 १०/१ पृ. ३२
  • जीवनको बाटोका संकेतपाटीहरू

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • जीवनको बाटोका संकेतपाटीहरू
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९८
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९८
w98 १०/१ पृ. ३२

जीवनको बाटोका संकेतपाटीहरू

अन्जान बाटो वा मार्गमा यात्रा गर्दै हुनुहुन्छ भने के तपाईं बाटोमा भएका संकेतपाटीहरू बिनासित्ति अलमल्याउनलाई राखेजस्तो ठान्‍नुहुन्छ? सायद ठान्‍नुहुन्‍न! बरु, बाटो नबिराइ गन्तव्यस्थलसम्म पुऱ्‍याउने मदत सम्झनुहुन्छ, होइन र?

त्यसो भए, जीवनको बाटोमा यात्रा गर्दा नि? संकेतपाटीहरू बिना के यो यात्रा सफलतासाथ टुंग्याउन सकिएला? परमेश्‍वरको पुरातन अगमवक्‍ताले यस सम्बन्धमा मानिसको सीमिततालाई यसो भन्दै स्वीकारे: “हे परमप्रभु, मलाई थाह छ, कि मानिसहरूको मार्ग त्यो आफैमा छैन। आफ्नो पाइलालाई ठीक मार्गमा हिंड़ाउने शक्‍ति मानिसमा छैन।”—यर्मिया १०:२३.

उसो भए, चाहिने निर्देशन कहाँ पाउन सकिन्छ? यस्तो मार्ग निर्देशनको भरपर्दो स्रोत मानिसको  सृष्टिकर्ता हुनुहुन्छ र ती लाक्षणिक संकेतपाटीहरू बाइबलमा पाइन्छन्‌। यहोवाले आफ्नो वचन मार्फत यसो भन्‍नुभएको छ: “तिमीहरू दाहिने-देब्रे लाग्दा तिमीहरूका कानले तिमीहरूका पछिल्तिर यसो भन्‍ने शब्द सुन्‍नेछौ, ‘बाटो यही हो, यसैमा तिमीहरू हिंड़।’ ”—यशैया ३०:२१.

हो, परमेश्‍वरको वचनले हाम्रो जीवनको हरेक पक्षमा भरपर्दो निर्देशन दिन्छ। (यशैया ४८:१७; २ तिमोथी ३:१६, १७) तथापि, दुःखको कुरा, अधिकांश मानिसहरू ईश्‍वरीय निर्देशनदेखि तर्केर मनखुसी जीवनको बाटोमा यात्रा गर्छन्‌। (मत्ती ७:१३) तैपनि संकेतपाटीहरू आफ्नै ठाउँमा स्थिर र अटल नै रहेको हुँदा विचार गर्नुहोस्‌! जीवनको बाटोमा हिंड्‌दा के तपाईं ती संकेतपाटीहरूलाई पछ्याउनुहुन्छ?

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने