प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w98 ११/१ पृ. २९
  • पहिलेको विरोधी सच्चाइ सिक्छन्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • पहिलेको विरोधी सच्चाइ सिक्छन्‌
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९८
  • मिल्दोजुल्दो सामग्री
  • येसुको भाइबाट सिक्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२२
  • के तपाईंको निश्‍चित मात्रामा अर्डर छ?
    हाम्रो राज्य सेवकाई—१९९९
  • पत्रिकाहरू राज्य घोषणा गर्छन्‌
    हाम्रो राज्य सेवकाई—१९९८
  • पत्रिकाहरूको प्रयोग गर्दै अरूहरूलाई लाभ पुऱ्‍याउनु होस्‌
    हाम्रो राज्य सेवकाई—१९९३
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९८
w98 ११/१ पृ. २९

राज्य उद्‌घोषकहरूका रिपोर्ट

पहिलेको विरोधी सच्चाइ सिक्छन्‌

लाइबेरियाको गृहयुद्धबारे थुप्रै समाचारहरू प्रचारप्रसारमा आएका छन्‌। दशौं हजार मानिसहरूले आफ्नो ज्यान गुमाउनुपऱ्‍यो भने लाखौंले निर्वासित जीवन बिताउनुपऱ्‍यो। यस्ता कठिनाइहरूको बावजुद सोझा मानिसहरूले निरन्तर सच्चाइ स्वीकारिरहेका छन्‌ जुन निम्न अनुभवले देखाउँछ।

दस वर्षको उमेरदेखि नै जेम्सले, लुथरान चर्चबाट शिक्षा पाएका थिए। पछि चर्चको अखबारको सम्पादक भइसकेपछि तिनले यहोवाका साक्षीहरूको विरुद्ध लेखेर आफ्नो ओहदाको दुरुपयोग गरे। यहोवाका साक्षीहरूलाई कहिल्यै नभेटेको भए तापनि तिनले त्यस्तो काम गरे।

समयको दौडान, तिनले त्यो काम छोडे र एक सफल मोटेल (पार्किंग गर्ने सुविधा सहितको होटेल) मालिक भए। एक दिन मोटेलको रिसेप्सनमा बसिरहेको बेला चिटिक्क मिलाएर लुगा लगाएका दुई जना बहिनीहरूले तिनीसित कुराकानी गरे। तिनले उनीहरूको सफा पहिरन देखेर भित्र निम्त्याए। तर बहिनीहरूले आफू त्यहाँ आउनुको कारण स्पष्ट पारेपछि तिनले भने, “मलाई कुरा गर्ने फुर्सतै छैन।” साक्षीहरूले प्रहरीधरहरा र ब्यूँझनुहोस्‌! पत्रिकाहरूको ग्राहक बन्‍ने प्रस्ताव राख्दा साक्षीहरूलाई भगाउनको लागि मात्र तिनले त्यो स्वीकारे। बाह्र महिनासम्म पत्रिकाहरू तिनको घरमा आयो तर त्यसको खोलसमेत नखोलि तिनले प्लास्टिकको झोलामा थन्काएर राखे।

गृहयुद्ध झन्‌ झन्‌ चर्कंदै थियो। खतराको संकेत पाउने बित्तिकै भाग्न जेम्सले आफ्नो रुपियाँपैसा र सबै बहुमूल्य चीजहरू झोलामा हालेर पोको पारे। एक बिहान तिनको घर पछाडि हातेबम पड्‌क्यो। आत्तिंदै, तिनी आफ्नो झोला समातेर ज्यान जोगाउन सुइँकुच्चा ठोके। आफ्ना घरबार छाडेर भागिरहेका हजारौं नागरिकहरूसँगै तिनले पनि धेरै चौकीहरू पार गर्नुपऱ्‍यो। यस्ता निर्दोष नागरिकहरू बिनाकारण लुटिन्थे, मारिन्थे।

पहिलो चौकीमा केरकार गरेपछि तिनलाई झोला खोल्न लगाइयो। तिनले झोला खोले र भित्र हेर्दा त तिनले पत्याउनै सकेनन्‌। बहुमूल्य चीजहरू राखेको झोलाको सट्टा अर्कै झोला परेकोले तिनी भयभीत भए। तिनले त अत्तालिएर खोल सहितको प्रहरीधरहरा र ब्यूँझनुहोस्‌! पत्रिकाहरू राखिएको झोला पो बोकेर ल्याएका रहेछन्‌। तथापि, सिपाहीहरूले ती पत्रिकाहरू देखे र त्यसको लेबलहरूमा तिनको नाम लेखिएको देखेपछि भने: “ओहो, तपाईं त यहोवाका साक्षी पो हुनुहुँदोरहेछ। हामीले त अरूलाई पो जाँचेको। तपाईंहरूले ढाँट्‌नुहुन्‍न भनेर हामीलाई थाहै छ नि।” झोलाबाट केही पत्रिका निकालेपछि ती सिपाहीले जेम्सलाई जान दिए।

त्यस्तै अरू नौ वटा चौकीहरूमा पनि कमान्डरहरूले यहोवाका साक्षी ठानी तिनलाई सुरक्षितसाथ जान दिए। अब भने बहुमूल्य सम्पत्ति ल्याएको भए आफू पनि त्यसैको कारणले पक्का मारिन सक्ने देखेर ती चीजहरू साथै नल्याएकोमा तिनी पछुताएनन्‌।

अन्ततः तिनी अन्तिम र डरलाग्दो चौकीमा पुगे र त्यहाँ थुप्रै लाशहरू जमीनमा छरिएको देखेर डरले काम्न थाले। भयभीत भएका जेम्सले यहोवाको नाउँ पुकारे। यहोवाले त्यस हिंस्रक ठाउँबाट बचाउनु भएमा बाँकी जीवन उहाँको सेवामा बिताउनेछु भनी तिनले प्रार्थना गरे।

अन्य चौकीहरूमा जस्तै जेम्सले यहाँ पनि आफ्नो झोला सिपाहीहरूलाई देखाए, तिनीहरूले यहाँ पनि फेरि त्यसै भने: “हामी त अरूलाई नै जाँचिरहेछौं यिनीहरूलाई होइन।” तिनीतिर फर्केर सिपाहीहरूले भने: “तिम्रो एक जना भाइ यही डाँडाको तलतिर बस्छ। गएर ऊसितै बस।” यतिञ्जेलसम्म साक्षीहरूप्रति तिनको जुन दृष्टिकोण थियो त्यो पूरै बदलिसकेको थियो। तिनले तुरुन्तै त्यस भाइसित सम्पर्क राखे र तिनीसित पार्थिव प्रमोदवनमा तपाईं सधैंभरि बाँच्न सक्नु हुन्छa भन्‍ने पुस्तकबाट बाइबल अध्ययन गर्ने प्रबन्ध मिलाए।

केही दिनपछि त्यहाँ पनि हमला भयो र तिनी त्यस ठाउँ छाडेर भाग्न बाध्य भए। यस पटक चाहिं तिनी सधैंभरि बाँच्न सक्नु हुन्छ पुस्तक च्यापेर जंगलतिर भागे! साक्षीहरूसित ११ महिना अलग्गिनु पर्दा तिनले पाँच चोटि पूरै पुस्तक अध्ययन गरे। अन्ततः तिनी शहर फर्कन सके र पुनः बाइबल अध्ययन थाले अनि छिट्टै उन्‍नति गरे। केही समय भित्रै तिनले बप्तिस्मा लिए र अहिले आध्यात्मिक भाइहरूसित विश्‍वासी भएर सेवा गर्दैछन्‌।

[फुटनोट]

a वाचटावर बाइबल एण्ड ट्राक्ट सोसाइटीद्वारा प्रकाशित।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने