आमाको भन्दा प्रगाढ माया
कतिपय आमाहरू आफ्नो नवजात शिशुलाई सबवे स्टेसन, सार्वजनिक शौचालय वा व्यस्त शहरहरूमा बेवारिस छोडिरहेका छन्। कहिलेकाहीं, फोहोर संकलन गर्ने व्यक्तिहरूले रूँदा रूँदा थाकिसकेका शिशुहरू फोहोर फ्याँक्ने ढ्वाङमा समेत फेला पारेका छन्। ओ एस्ताडो दे साउ पावलो-अनुसार “यसरी अलपत्र फ्याँकिएका शिशुहरूको संख्या बढिरहेको छ।” निस्सन्देह, यसो गर्ने जवान आमाहरू पछि पछुताउलान्। यद्यपि, तिनीहरू बच्चा फालेर हिंड्छन् र कहिलेकाहीं बच्चाको ज्यानसमेत जानसक्छ।
तपाईं सोच्नुहोला, ‘बच्चाको भविष्यको वास्तै नगरी आमाले बच्चा कसरी छोड्न सकेकी होला?’ यो दुःखद् अवस्थालाई उपमाको रूपमा प्रयोग गर्दै सृष्टिकर्ताले आफ्ना सन्तानप्रति महसुस गर्नुहुने भावना बाइबलले यसरी बताउँछ: “के कुनै स्त्रीले आफ्नो दूधे–बालकलाई बिर्सनसक्छ र? आफ्नो गर्भको बालकलाई के त्यसले टिठाउँदैन र? यिनीहरूले बिर्सन पनि सक्छन्, तर म ता तँलाई बिर्सनसक्तिनँ।”—यशैया ४९:१५.
कुनै पनि मानव आमाले भन्दा बढी परमेश्वरले हामीलाई प्रेम गर्नुहुन्छ र हाम्रा आवश्यकताहरू बुझ्नुहुन्छ। तपाईं जवान व्यक्ति वा वयस्क, जस्तोसुकै समस्या सामना गरिरहनुभएको किन नहोस्, तपाईं एक्लो हुनुहुन्न। सृष्टिकर्ता तपाईंलाई मदत गर्न चाहनुहुन्छ र तपाईंको भलाइमा चासो राख्नुहुन्छ। भजनहारकै शब्दमा भन्ने हो भने, “मेरा बाबु र मेरी आमाले मलाई त्यागेका छन्, तर परमप्रभुले मलाई सह्माल्नुहुनेछ।”—भजन २७:१०.
प्रहरीधरहरा र ब्यूँझनुहोस्! पत्रिकाहरूले संसारभरि “एकमात्र सत्य परमेश्वर” यहोवा र उहाँको पुत्र येशू ख्रीष्टको ज्ञान प्रदान गर्छ र त्यसको मूल्यांकन गर्नेहरूले अनन्त जीवन पाउन सक्नेछन्।—यूहन्ना १७:३.