प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w98 १२/१५ पृ. ३२
  • के तपाईंले चेताउनी सुन्‍नुहुनेछ?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • के तपाईंले चेताउनी सुन्‍नुहुनेछ?
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९८
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९८
w98 १२/१५ पृ. ३२

के तपाईंले चेताउनी सुन्‍नुहुनेछ?

बंगलादेशको चिटगाउँ जिल्लामा मे १९, १९९७ मा आँधी आयो। कक्स बजारमा प्रति घण्टा २५० किलोमिटर बेगको हावा आएको रेकर्ड गरियो। ग्रामीण क्षेत्रहरूमा झुपडीहरू वेपत्ता भए र एक समय घर भएको ठाउँमा माटोको थुप्रो मात्र बाँकी रह्‍यो। रूख तथा टेलिग्राफका खम्बाहरू ढले र कतिपय चाहिं सलाईको काँटी जस्तै दुई टुक्रा भए। भोरार कागोज नामक अखबारको शीर्षसमाचारले आँधीले १०५ जनाको ज्यान लिएको रिपोर्ट गऱ्‍यो।

मौसमविद्‌हरूले आँधी आउनुभन्दा ३६ घण्टाअघि नै आँधीको मार्गबारे जानकारी दिएका थिए। निस्सन्देह, आँधीबाट बच्न कंक्रिटद्वारा बनिएका भवनहरूमा आश्रय लिंदा हजारौं हजार मानिसहरूको ज्यान जोगियो।

यहोवाका साक्षीहरूले त्यस्तो आँधीभन्दा पनि विध्वंशकारी विनाशबारे उद्‌घोषणा गर्दै आइरहेको सय वर्षभन्दा बढी भइसक्यो। बाइबलले “परमप्रभुको त्यो महा र भयङ्‌कर दिन” भनी बताउँछ। (योएल २:३१) बाइबलको भविष्यसूचक सन्देश सुन्यौं भने हामी पनि बच्नसक्छौं।—सपन्याह २:२, ३.

यहोवाका साक्षीहरू विनाशका भविष्यवक्‍ताहरू होइनन्‌। तिनीहरूको सन्देश आशाको सन्देश हो। यस पृथ्वीबाट सबै दुष्टता हटाउने परमेश्‍वरको राज्यबारे मानिसहरूले सिकून्‌ भन्‍ने आशा तिनीहरू गर्छन्‌। परमेश्‍वरको वचन बाइबल भन्छ: “थोरै बेरपछि, दुष्ट रहनेछैन। तैंले त्यसको ठाउँ राम्ररी हेरे तापनि त्यो पटक्कै रहनेछैन। तर नम्रहरूले देश अधिकार गर्नेछन्‌। र प्रशस्त शान्तिमा आफै खुशी मनाउनेछन्‌।”—भजन ३७:१०, ११.

[पृष्ठ ३२-मा भएको चित्र]

WHO/League of Red Cross

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने