प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w99 १/१ पृ. ३२
  • “लबानोनको देवदार जस्तै अग्लो”

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • “लबानोनको देवदार जस्तै अग्लो”
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९९
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९९
w99 १/१ पृ. ३२

“लबानोनको देवदार जस्तै अग्लो”

लबानोनको सुन्दर पर्वतहरूमा अर्ज अररब, अर्थात्‌ “प्रभुको देवदार” नामक रूखहरू उम्रन्छन्‌। कुनै समय पूरै पर्वत ढाक्ने यी सदावहार रूखहरूबारे बाइबलमा ७० पटक जति उल्लेख गरिएको छ।

लबानोनको शानदार देवदारहरूको वर्णन गर्न बाइबलले “श्रेष्ठ” र “असल” जस्ता शब्दहरू चलाएको छ। (श्रेष्ठगीत ५:१५; इजकिएल १७:२३) देवदारको आकार र यसको काठको मजबुतीले यसलाई घर र जहाजका साथै फर्निचर निर्माणमा असाध्यै प्रयोग गरिन्छ। यसको सुगन्ध र रातो रंग असाध्यै आकर्षक हुन्छ। देवदारको अत्यधिक चोपले यसलाई सड्‌न अनि कीरा लाग्नबाट जोगाउँछ। यी रूखहरूका उचाइ ३७ मिटर र मोटाइ १२ मिटर भएकोले ज्यादै अग्ला र विशाल देखिन्छन्‌। यसका जरा एकदमै गहिरिएका र बलिया हुन्छन्‌। यसैले, आधुनिक वन-विज्ञानीहरूले यसलाई “वनस्पति जगत्‌को गौरव” भन्‍नु सुहाउँदो छ!

बाइबलका लेखक इजकिएलले भविष्यसूचक रूपमा मसीहलाई परमेश्‍वर आफैले रोप्नुहुने, देवदारको हाँगासँग दाँजेका छन्‌। (इजकिएल १७:२२) वास्तवमा, “देवदार” अर्थ लाग्ने हिब्रू शब्द “स्थिर रहनु” भन्‍ने मूल अर्थबाट आएको हो। त्यसैगरि आज, येशू ख्रीष्टका अनुयायीहरू अग्लो र बलियो देवदार जस्तै “विश्‍वासमा दृढ [र] . . . बलिया” हुनुपर्छ। (१ कोरिन्थी १६:१३) कसरी त्यस्तो हुन सकिन्छ? गैरमसीही चालचलनलाई दृढ भई विरोध गरेर अनि इमानदारी र ईश्‍वरीय भक्‍तिको मार्गमा अटल भएर। यसो गर्नेहरूलाई बाइबलमा “धर्मात्मा . . . [जो] लबानोनको देवदारुजस्तै बड़नेछन्‌” भनेर वर्णन गरिएको छ।—भजन ९२:१२.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने