प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w99 २/१५ पृ. ३२
  • “मैले चारैतिर शान्ति देखें”

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • “मैले चारैतिर शान्ति देखें”
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९९
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९९
w99 २/१५ पृ. ३२

“मैले चारैतिर शान्ति देखें”

जर्मनीका एक मानिस यहोवाका साक्षीहरूद्वारा सञ्चालित अधिवेशनमा “चेवा” गर्ने उद्देश्‍यले गए। किन? किनभने “यस पन्थलाई उदांग पार्ने र आफ्ना साथीहरूलाई बरालिनदेखि बचाउने” तिनको उद्देश्‍य थियो। त्यस अधिवेशनमा भाग लिएपछि तिनले आफ्ना साथीहरूलाई यस्तो चिठी लेखे:

“अधिवेशनस्थलमा पुगेपछि, ‘अधिवेशन हुने भनेको ठाउँ यो होइन कि क्या हो’ जस्तो लाग्यो। बाहिर मुसो चरो कोही देखिएन। कतै पनि फोहर अथवा बियरका क्यानहरू फ्याँकेका थिएन। जसै म रंगशालाको नजिकै पुगें, दुई जना भद्रपुरुषहरू उभिरहेका देखें। तिनीहरूले मलाई अभिवादन गरेर भित्र लगे।

“अब हजारौं मान्छेहरूको खैलाबैला सुनिएला भन्ठानेको त, एकदमै शान्त पो थियो। ‘ए, त्यसोभए त्यहाँ थोरै मान्छे छरिएर बसेका रहेछन्‌ क्यारे’ भन्ठानें।

“भित्र पस्नेबित्तिकै मञ्चमा मञ्चन भइरहेको नाटकले मलाई यताउता हेर्ने मौकै दिएन। मैले पछि पो चाल पाएँ, ध्यानमग्न भएर सुनिरहेका हजारौं श्रोताले रंगशाला खचाखच भरिएको रहेछ। मैले चारैतिर शान्ति देखें। अधिवेशनका बाँकी कार्यक्रमका दौडान मैले सुनेका, देखेका र अनुभव गरेका कुराहरूले ममा गहिरो छाप पाऱ्‍यो।

“साक्षीहरूसँग घुलमिल हुँदा तिनीहरूका प्रफुल्लित अनुहार र मायालु अभिव्यक्‍तिहरू याद नगरी सुखै पाइनँ। अकस्मात्‌, मेरो मनमा बारम्बार यो कुरा घन्किरह्‍यो, ‘यी पक्कै परमेश्‍वरका जनहरू हुन्‌।’ ”

‘आफ्ना साथीहरूलाई बरालिनदेखि बचाउनुको’ सट्टा ती जवान मानिसले साक्षीहरूलाई आफूसित बाइबल अध्ययन गरिदिने आग्रह गरे। नतिजा? आज तिनी मसीही प्राचिन भएका छन्‌। तिनी र तिनका परिवार स्वीट्‌जरल्याण्डको जुरिचस्थित एउटा जर्मनभाषी मण्डलीमा सक्रियतासाथ सेवा गरिरहेका छन्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने