प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w99 ३/१ पृ. ३२
  • परमेश्‍वरको नाउँ पुनर्स्थापित गरियो

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • परमेश्‍वरको नाउँ पुनर्स्थापित गरियो
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९९
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९९
w99 ३/१ पृ. ३२

परमेश्‍वरको नाउँ पुनर्स्थापित गरियो

“वर्षौं अनि शताब्दीऔंसम्म यहोवाको नाउँ बाइबलबाट हटाइसकेपछि डटेर बस्ने अनि टेट्राग्रामाटन पुनर्स्थापित गर्ने एकमात्र मसीही धर्म, यहोवाका आधुनिक समयका साक्षीहरू हुन्‌।”a

यी माथिका शब्दहरू ब्राजिलका लेखक आसीरा ब्राजीलको पुस्तक जेओभा देन्त्रु दु झुदेईस्मु ई दु क्रीस्त्यनीस्मु-बाट (यहूदी र मसीहीधर्ममा यहोवा) लिइएको हो। तर यस्तो प्रश्‍न उठ्‌नसक्छ, केही बाइबल अनुवादहरूले एक वा अर्को ढंगमा ईश्‍वरीय नाउँ चलाए तापनि अरू धर्महरूले आ-आफ्नो बाइबलबाट यसलाई किन हटाए? ब्राजिल भन्छन्‌, “परमेश्‍वरको नाउँ हटाउनुका कारणहरू अन्धविश्‍वास . . . , नीच स्वार्थ वा येशू अनि उहाँकी आमा मरियमको नाउँ उच्च पार्नलाई हुनसक्छ।”

तथापि, श्री. ब्राजिलले यस्तो टिप्पणी गर्नु एकदमै उपयुक्‍त छ: “हटाइएको [ईश्‍वरीय] नाउँ पवित्र धर्मशास्त्रको नयाँ विश्‍व अनुवाद-को सहायताले पुर्तगालीमा पूर्णरूपमा संशोधन गरिएको छ।” कसरी? त्यो बाइबलमा यहोवाको नाउँ जहाँ जहाँबाट हटाइएको थियो, फेरि त्यहीं त्यहीं राखिएको छ। नयाँ विश्‍व अनुवाद-मा यहोवाको नाउँ ७,२०० पटकभन्दा बढी प्रयोग गरिएको छ।

यो पुस्तक विमोचन भएदेखि पुर्तगाली भाषामा आधुनिक शब्दानुवाद गरिएको ६५ लाखभन्दा बढी प्रतिहरू वितरित गरिएका छन्‌। यसर्थ, ब्राजिलको समाचारपत्र दीअर्यु दु नदेर्स्ती-का (उत्तरपूर्वी दैनिक) सम्पादक यस्तो प्रश्‍न सोध्न प्रेरित भए, “के तपाईंलाई परमेश्‍वरको नाउँ छ भनेर थाह थियो?” यो आधुनिक बाइबल अनुवादको मदत पाएर आज लाखौंले भन्‍न सकेका छन्‌, “ईश्‍वरीय नाउँ छ, र त्यो नाउँ यहोवा हो।”

[फुटनोट]

a  हिब्रू भाषामा परमेश्‍वरको नाउँ יהוה लेखिएको छ। यी चार अक्षरलाई (दायाँबाट बायाँ पढिन्छ) सामान्यतया टेट्राग्रामाटन भनिन्छ।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने