सम्झनुपर्ने दिन
येशूको मृत्युको अघिल्लो साँझ उहाँले आफ्ना प्रेरितहरूलाई खमिर नहालेको रोटीको टुक्रा र कचौराको दाखमद्य खाने र पिउने आदेश दिनुभयो। उहाँले तिनीहरूलाई यसो पनि भन्नुभयो: “मेरो सम्झनामा यो गर्नेगर।”—लूका २२:१९.
यो वर्ष यस घटनाको वार्षिकोत्सव बिहीबार, अप्रिल १, सूर्यास्तपछि हुनेछ। विश्वभरि यहोवाका साक्षीहरू येशूले आज्ञा गर्नुभएअनुसार यो उत्सव मनाउन यो विशेष साँझमा भेला हुनेछन्। तपाईंहरूलाई पनि हामीहरूसँगै भेला हुन हार्दिक निमन्त्रणा छ। यो विशेष जमघटको ठीक समय र स्थानको निम्ति कृपया यहोवाका स्थानीय साक्षीहरूसँग सम्पर्क राख्नुहोस्।