प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w99 ५/१५ पृ. ३२
  • हिंसा—चाँडै सधैंको लागि अन्त हुनेछ!

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • हिंसा—चाँडै सधैंको लागि अन्त हुनेछ!
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९९
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९९
w99 ५/१५ पृ. ३२

हिंसा—चाँडै सधैंको लागि अन्त हुनेछ!

“हिंसाले गर्दा राष्ट्र खतरामा”—द न्यु योर्क टाइम्स, संयुक्‍त राज्य।

“घरेलु हिंसा”—ओ ग्लोबु, ब्राजिल।

“विश्‍वभरिका महिलाहरू हिंसाको शिकार”—द ग्लोब एण्ड मेल, क्यानाडा।

उत्तर र दक्षिण अमेरिकाका अखबारहरूमा प्रकाशित उक्‍त शीर्षसमाचारहरूले संसारभरि दुःखलाग्दो प्रवृत्ति फैलिएको छ भनी देखाउँछ। विश्‍व स्वास्थ्य संगठनले भर्खरै भनेअनुसार, “हालैका शताब्दीहरूमा सबै किसिमका हिंसाहरू एकाएक वृद्धि भएका छन्‌।”

केही विचारणीय तथ्यहरूलाई ध्यान दिनुहोस्‌:

नरहत्या। ल्याटिन अमेरिका र क्यारेबियनमा प्रत्येक दिन लगभग १,२५० जना मानिसहरूको हिंसात्मक गतिविधिमा मृत्यु हुन्छ। परिणामस्वरूप, “ती दुई देशका १५ देखि २४ वर्षसम्मका युवायुवतीहरूमा हत्या मृत्युको दोस्रो प्रमुख कारण भएको छ।”

बाल हिंसा। शारीरिक, लैंगिक र भावनात्मक बालशोषणको समस्या संसारभरि व्याप्त छ। उदाहरणका लागि, “विभिन्‍न औद्योगिक देशहरूका किशोरकिशोरीहरूसँग लिइएको सर्वेक्षणअनुसार १०-१५ प्रतिशत केटाकेटीहरू यौनशोषणको शिकार हुन्छन्‌ र तिनीहरूमध्ये धेरैजसो केटीहरू छन्‌।”

नारीहरूप्रति हिंसा। सन्‌ १९९७ मा विश्‍वभरि मानव अधिकार दुरुपयोगबारे जाँचबुझ गरेपछि अनुसन्धानकर्ताहरू एउटा निष्कर्षमा पुगेका छन्‌। त्यो हो, “संसारका प्रायजसो देशहरूमा नारीहरू पीडित हुनुको प्रमुख कारण घरेलु हिंसा हो।” (मानव अधिकार अवलोकन विश्‍व रिपोर्ट १९९८ [अंग्रेजी]) घरेलु हिंसा विश्‍वभरि व्याप्त भए तापनि त्यसबारे त्यति उजुरी गरिंदैन। त्यसैले यसलाई अचेल “२० औं शताब्दीको मौन संकट” भनिन्छ।—द ग्लोब एण्ड मेल, क्यानाडा।

यसैगरि नूहको समयमा पनि “पृथ्वी भ्रष्ट भएको र उपद्रवले भरिएको थियो।” (उत्पत्ति ६:९-१२) तर यहोवा परमेश्‍वरले “अभक्‍तहरूको संसारमा जलप्रलय गराउनुहुँदा” यो “धर्मका प्रचारक” र उनका परिवारलाई बचाउनुभयो। परमेश्‍वरले हाम्रो समयमा पनि त्यसैगरि कदम चाल्नुहुनेछ। उहाँले हिंस्रक र दुष्ट मानिसहरूलाई हटाउनुभएर प्रतिज्ञा गरिएको नयाँ संसारमा यो पृथ्वीलाई प्रमोदवनमा परिवर्तन गर्नुहुँदा “भक्‍तहरूलाई” बचाउनुहुनेछ। (२ पत्रुस २:४-९; ३:११-१३) चाँडै सधैंका लागि हिंसा अन्त हुनेछ भनेर थाह पाएर के तपाईं रोमाञ्चित हुनुहुन्‍न?

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने