प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w99 ६/१ पृ. ३२
  • असल नाउँ कायम राख्ने

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • असल नाउँ कायम राख्ने
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९९
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९९
w99 ६/१ पृ. ३२

असल नाउँ कायम राख्ने

एउटा सुन्दर चित्रकला नियालेर अध्ययन गर्नु इनामदायी अनुभव हुनसक्छ। नजिकबाट हेर्दा एक जना चित्रकारले क्यानभासमा कसरी विभिन्‍न रंगहरू बुरुसद्वारा सयौं चोटि लगाएका छन्‌ थाह पाइन्छ।

बुरुसले एकै चोटि भ्यातभ्यात रंग लगाउँदा चित्र नराम्रो भएझैं असल नाउँ पनि समयको दौडान गरिएको स-साना कार्यद्वारा कमाइन्छ। हो, हामीले गरेको स-साना कार्यद्वारा राम्रो नाउँ कमाइन्छ।

अर्कोतर्फ, बुरुसले एउटा मात्र गलत रंग लगाउँदा पनि त्यो पूरा चित्रको मूल्य नै घट्‌छ। हाम्रो नाउँ पनि त्यस्तै हो। बुद्धिमान राजा सुलेमानले यसो भने: “मानिसको आफ्नै मूर्खताले आफ्नो जीवन नाश गर्छ।” (हितोपदेश १९:३) हाम्रो असल नाउँ बिगार्न रिसले कराउनु, बढी रक्सी पिउनु वा अनैतिकतामा लाग्नु जस्ता मूर्खता मात्र भए पुग्छ। (हितोपदेश ६:३२; १४:१७; २०:१) अतः हामीले असल नाउँ कमाउनु र त्यसलाई कायम राख्नु साह्रै महत्त्वपूर्ण छ।—प्रकाश ३:५ तुलना गर्नुहोस्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने