प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w99 ६/१५ पृ. ३२
  • सिंगार सामग्रीभन्दा उत्तम कुरा

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • सिंगार सामग्रीभन्दा उत्तम कुरा
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९९
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९९
w99 ६/१५ पृ. ३२

सिंगार सामग्रीभन्दा उत्तम कुरा

आफूलाई सुन्दर बनाउन स्त्रीहरूले गर्ने “बाहिरी सिंगारबारे” बताएपछि प्रेरित पत्रुसले यस्तो सल्लाह दिए: “नम्र र शान्त आत्माको अविनाशी पोशाक लाएको हृदयको त्यो गुप्त मानिस होस्‌, जो परमेश्‍वरको दृष्टिमा ठूलो मोलको हुन्छ।”—१ पत्रुस ३:३, ४.

चाख लाग्दो कुरा के हो भने, प्रेरितले बाहिरी सिंगारबारे लेख्दा युनानी शब्द कस्मोस चलाए। यही शब्दबाट “अनुहारलाई सुन्दर बनाउनु” भन्‍ने अर्थ लाग्ने अंग्रेजी शब्द “कस्मेटिक” आएको हो। के पत्रुसले मसीही स्त्रीहरूले सिंगार गर्नै हुँदैन अथवा सिंगार सामग्रीहरू प्रयोग गर्नै हुँदैन भनिरहेका थिए? परमेश्‍वरको वचनले त्यस्तो केही भन्दैन। बरु, यसमा व्यक्‍तिगत छनौट गर्ने छुट दिइएको छ। यसकारण, त्यसले गर्दा विविधता पाउन सक्छौं।

तथापि, बढी मात्रामा सिंगार गरिएको छ अथवा अरूलाई नै बाधा पुऱ्‍याउने किसिमको सिंगार छ भने मानिसहरूले के सोचिरहेका हुन्छन्‌? के यो अशिष्ट, अभद्र, भड्‌किलो, देखावटी अथवा आत्मगौरव होइन र? निस्सन्देह, यसले स्त्रीको बाहिरी रूपको महत्त्व घटाउँछ र हुनसक्छ यसले नैतिक आचरणमा पनि शंका उप्जाउँछ।—इजकिएल २३:३६-४२ तुलना गर्नुहोस्‌।

यो कुरालाई ध्यानमा राख्दै “भक्‍ति गर्ने स्त्रीले” सिंगार गरे तापनि सरल, कोमलता, दया र लज्जालुपन झल्काउने किसिमको सिंगार गर्नेछिन्‌। यस्ता गुणहरूले तिनको मनोहरता र सौन्दर्य बढाउने छ। वास्तवमा तिनले सिंगार गर्ने छनौट गरे या नगरे तापनि तिनले मर्यादा र भित्री सौन्दर्य देखाइरहेकी हुनेछिन्‌। पत्रुसले माथि उल्लेख गरेझै, सिंगार सामग्रीभन्दा उत्तम कुरा तिनले राम्ररी बुझिरहेकी रहेछिन्‌ भनेर यसले देखाउनेछ।—१ तिमोथी २:९, १०.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने