प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w99 ८/१ पृ. ३२
  • जातिवाद र धर्म

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • जातिवाद र धर्म
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९९
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९९
w99 ८/१ पृ. ३२

जातिवाद र धर्म

“म १९७८ मा सं.रा. आउँदा अमेरिकामा जातिवाद निर्मूल भएको धेरै भइसक्यो र कालाहरू पनि समान नागरिकहरू हुन्‌ भन्‍ने विश्‍वास गर्थें।” यो थियो, दक्षिण-अफ्रिकामा जन्मेका लेखक मार्क माथाबानले टाइम पत्रिकालाई अन्तर्वार्तामा बताएको कुरा। “हुन त धेरै कुरा त्यस्तै हुँदो रहेछ। दक्षिण अफ्रिकाभन्दा सं.रा. त कहाँ हो कहाँ विकसित देश हो। तर मानिसहरूको मनमा भने खास परिवर्तन आएको छैन रहेछ भनी थाह पाउँदा नमीठो लाग्यो।” त्यो तीतो यथार्थबारे तिनी कसरी झल्याँस्स हुन पुगे?

“अमेरिकामा अलग्गै छुट्याएको समय आइतबार बिहान ११:०० बजेको हो” भनी माथाबान बताउँछन्‌। चर्चमा समेत मानिसहरू अर्को जातका मानिसहरूसित मिलेर उपासना गर्न सक्दैनन्‌। तिनले भने, “हप्ताको अरू दिन त झन्‌ कस्तो होला?” परिवर्तनको लागि शिक्षाको खाँचो औंल्याउँदै माथाबानले भने: “शिक्षाले गर्दा सबै मानिसहरू समान छन्‌ भनेर तपाईं स्वीकार्नुहुन्छ।”

यसको समाधान शिक्षा नै हो भन्‍ने कुरामा यहोवाका साक्षीहरू पनि सहमत छन्‌ तर तिनीहरू विशेष गरी परमेश्‍वरको वचनमा आधारित शिक्षालाई जोड दिन्छन्‌। हो, बाइबलले जनजातीय घृणा बिगबिगी भएको ठाउँमा पनि जातीय पूर्वाग्रह हटाउन मदत गर्छ। तिनीहरूको राज्यभवनमा हरेक हप्ता विभिन्‍न जाति र राष्ट्रियताका मानिसहरू भेला भएर परमेश्‍वरको वचन, बाइबलको शिक्षा लिन्छन्‌। यी सभाहरूमा पैसा संकलन गरिंदैन। त्यहाँ उपस्थित हुन तपाईंलाई हार्दिक स्वागत छ!

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने