प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w99 ९/१ पृ. ३२
  • “सुशील पत्नीको कारण सुखी पति”

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • “सुशील पत्नीको कारण सुखी पति”
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९९
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९९
w99 ९/१ पृ. ३२

“सुशील पत्नीको कारण सुखी पति”

यहोवाका साक्षीहरूले मानिसहरूको वैवाहिक बन्धनलाई टुक्य्राउँछन्‌ भनी कोही कोही मानिसले बेलाबखत आरोप लगाउने गर्छन्‌। तथापि, पति वा पत्नी मात्र यहोवाका साक्षी भएका जोडीहरूको वैवाहिक बन्धन सफल भएको देख्दा उक्‍त भनाइ सही हो भन्‍न मिल्दैन। बाइबलको सल्लाह परिवारमा लागू गर्दा वैवाहिक जीवन साँच्चै सुखी हुन्छ भनेर फ्रान्सेली अखबारमा प्रकाशित निम्न पत्रले बताउँछ।

“मेरी पत्नी यहोवाको साक्षी हुन्‌ र हाम्रो विवाह भएको २८ वर्ष भइसक्यो। म यस्तो सुशील पत्नी पाएकोमा सुखी छु। तिनले मेरा पाँच बच्चाहरूलाई हुर्काइन्‌। ती मध्ये दुई जना तिनको आफ्नै नभए तापनि कसैलाई काखा र कसैलाई पाखाचाहिं गरिनन्‌। अहिले म ४५ जना कामदारहरू भएको एउटा कम्पनीमा निर्देशक भएको छु। तिनले मेरो व्यवसायको सफलतामा निकै मदत गरेकी छिन भन्‍ने कुरामा शंकै गर्नु पर्दैन। त्यसैकारण, मैले नियमित पढ्‌ने गरेको अखबारमा यहोवाका साक्षीहरू लोटाग्यारों इलाकाको निम्ति खतरा, भनेर लेखिएको कुरा पढ्‌नासाथै मैले यहोवाका साक्षीहरूको पक्षमा दरिलो बयान दिने फैसला गरें।”

यस पत्रले यसो पनि भन्छ: “तिनीहरूले धूम्रपान वा मद्यपान गर्दैनन्‌। के यो खतरा हो? तिनीहरू सहनशील मसीहीहरू हुन्‌ र तिनीहरूले कसैलाई आफूले पालन गरिरहेका नियमहरू अनुरूप चल्न करकापमा पार्दैनन्‌। बरु तिनीहरू धेरै कुराहरूमा उदाहरणीय छन्‌। . . . तिनीहरू आर्थिक दुराचार र लागू पदार्थको बेचबिखनमा मुछिएका छैनन्‌। तिनीहरू अविवाहित रहनुपर्छ भन्‍ने वाचा बाँध्दैनन्‌। तिनीहरूले पनि अरू मानिसहरूले जस्तै सामान्य जीवन बिताउँछन्‌ भन्‍ने कुरामा ढुक्क हुनुभए हुन्छ। . . .

“तपाईंहरूले मलाई सोध्नुहोला: त्यसो भए तपाईंचाहिं किन यहोवाको साक्षी नहुनुभएको त? किनभने साक्षी हुन मसीही विश्‍वास र दृढ नैतिकता चाहिन्छ अनि यी कुराहरू सबै मानिसहरूमा पाइँदैन।”

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने